फेन्सी ब्यवसायलाई अत्यावश्यक बस्तुमा राख्न माग

पोखरा, २ जेठ/ बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशब बहादुर खत्रीले फेन्सी ब्यवसाय अहिलेको लकडाउनले धरासायी अवस्थामा पुगेको बताउदै राज्यको ध्यान नपुगेको बताए ।

खत्रीले फेन्सी ब्यवसायलाई पनि अत्यावश्यक बस्तुमा राख्न माग राख्दै जनतालाई जुनसुकै अवस्थामा कुनै पनि वस्तुको आवस्यकता पर्न सक्छ त्यो नै अत्यावस्यक वस्तु हुने भएकोले फेन्सी ब्यवसायलाई अत्यावश्यक बस्तुमा राख्न माग राखे ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष शिव शर्माले स्वागत मन्तब्य राखेका थिए भने भित्रेपात्रो प्रकाशन समितिका संयोजक तथा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका सचिव बुद्दि वहादुर कुँवरले यस विषम परिष्थीतीमा क्यालेन्डर प्रकाशनमा सयोग गर्ने सवैमा धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा एशोशियसनका महासचिव ईन्द्रराज अर्यालले सन्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...