फेवाबजारमा गोइन्काको आइटममा २५ प्रतिशत छुट

पोखरा, ८ माघ/अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले माघ महिनाको स्किममा गोइन्का कम्पनीका विभिन्न सामानहरुमा २५ प्रतिशत छुट दिएको छ । गोइन्का कम्पनीका इलेक्ट्रोनिक्स सामानहरु टिभी, वासिङ मेसिन, रुम हिटरलगायतको खरिदमा २५ प्रतिशतसम्म छुट दिएको हो । गोनेका कम्पनीका आइटममा यति धेरै छुट नेपालमै पहिलोपटक भएको फेवाबजारको दाबी छ ।

यसैगरी फेवाबजारले होम ग्लोरीका विभिन्न होम एप्लायन्सेसहरुमा १५ प्रतिशत तथा कपडामा २५ प्रतिशत छुट दिइने फेवाबजार डटकमका अध्यक्ष सुजन आचार्यले जानकारी दिए । फेवाबजारले माघ महिनाभरी विभिन्न ब्राण्डका जुत्ताहरुमा २० प्रतिशतसम्म छुट, कला साहित्यका पुस्तकहरुमा १५ प्रतिशत छुट, एचटिसी मोवाइलमा ३० प्रतिशत छुट, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक्स सामानहरु जस्तै एसी, टिभी, ल्यापटप, मोवाइल, फ्यान, हिटर, आइरनलगायतमा २५ प्रतिशत छुट रहने अध्यक्ष आचार्यले बताए ।

शनिबारदेखी लागू भएको स्किम अनुसार फेवाबजार डटकममा सपिङ गर्दा ५० रुपैयाँदेखी ५ हजारसम्म जित्न सकिनेछ । स्किम अन्तर्गत रु १ हजार भन्दा माथीको खरिदमा ५ हजारसम्म स्क्रयाच कुपनमार्फत जित्न सकिने जनाएको हो । उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले फेवाबजार डटकमले पोखरा १६ द्वीपमा कार्यालय राखेर सेवा सुरु गर्दै आएको छ ।

यस बजारले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसनलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउने गर्दछ । साथै फेवा बजारले बिना धितो मासिक किस्ताबन्दीमा २० हजारदेखी ५० हजारसम्मका सामान बिक्री गर्दै आएको छ ।

पोखरामा अनलाइन सप फेवाबजार डटकम (www.fewabazar.com) खुल्यो

कमेन्टहरु
Loading...