हरिसिद्धीका विद्यार्थीलाई फेवा बजारको सहयोग

पोखरा, ४ चैत/गण्डकी प्रदेशको सबैभन्दा ठूलो अनलाईन सपिङ बजार फेवाबजार डटकमले पोखराको ढिंकीडाँडास्थित एक स्कुललाई शैक्षिक सामग्री वितरण गरेको छ । एस. आचार्य ईन्टरनेसनल प्रालिद्वारा सञ्चालित फेवाबजार डटकमले पोखरा महानगरपालिका वडा नम्बर १६ मा पर्ने हरिसिद्धी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।

फेवा बजार गोइन्का कम्पनीको अफिसियल अनलाईन पार्टनर भएको अवसरमा ‘फेवा बजारको हात, शिक्षामा साथ’ भन्ने मूल मन्त्रसहित २९ जना विद्यार्थीलाई कापी, कलम र ब्याग वितरण गरिएको फेवा बजार डटकमका अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले शैक्षिक वितरणमार्फत फेवा बजारले सामाजिक क्षेत्रमा काम गर्न थालनी गरेको बताए । उनले भने,‘यो त थालनी मात्रै हो, अब हामी सामाजिक कार्यलाई निरन्तरता दिन्छौं । उनले ग्राहक पसलमा होइन, पसल ग्राहककोमा पुग्नुपर्ने जमाना आएको बताउँदै प्रविधीको प्रयोग गरेर फेवा बजारले त्यसको थालनी गरेको बताए । साथै उनले अनलाईन सपिङले स्मार्ट सिटी बनाउन पनि सहयोग गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले फेवा बजारले सामाजिक क्षेत्रमा हात हालेर उदाहरणीय कार्य गरेको बताए ।

गोइन्का कम्पनीका सिनियर सेल्स म्यानेजर सुरेश पोखरेलले फेवा बजार डटकम नेपालको लागि गोइन्का इलेक्ट्रोनिक्स कम्पनीको आधिकारिक अनलाईन पार्टनर भएको जानकारी दिए । गोइन्का कम्पनीले इलेक्ट्रोनिक्स सामानहरु टिभी, फ्रिज, ग्यास गिजर, पङ्खा, इलेक्टोनिक्स वाटर हिटर, इलेक्ट्रिक कित्लीलगायतका सामानहरु उत्पादन गर्ने गरेको र ती सामानहरु पmेवा बजारमा उपलब्ध हुने बताए ।

यसैबीच, फेवा बजारले चैत महिनाको अफर शुरु भएको जनाएको छ । हरेक महिनाको ५ देखी १७ गतेसम्म विभिन्न सामानह्ररुमा विशेष छुटसहितको अफरहरु दिने गरेको छ । फेवा बजारले ईलेक्ट्रोनिक्स (एसी, टिभी, ल्यापटप, हिटर, मोवाइल, फ्रिज, इलेक्ट्रिकल्स (, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, लगेज ट्राभल गियरलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर/घरमा पु¥याउने गर्दछ ।

मासिक किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो । क्यास अन डेलिभरीमार्फत सेवा शुरु गरेको फेवा बजारले माघ महिनादेखी प्वाइन्ट अफ सेल मेसिनको डेबिट/क्रेडिट तथा अन्र्तराष्ट्रिय कार्डमार्फत भुक्तानी गर्न सकिने सुविधासमेत ग्राहकका लागि ल्याएको छ ।

कमेन्टहरु
Loading...