एक्सपर्टद्वारा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण

पोखरा, २६ चैत / पोखरा क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले शुक्रबार अवार्ड वितरण गरेको छ । पोखराका विभिन्न कलेजबाट प्लस टु र ब्याचलर्समा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई अवार्ड वितरण गरिएको एक्सपर्ट पोखराका सञ्चालक रमेश थापाले जानकारी दिए ।

सिद्धार्थचोकस्थित एक्सपर्टको सभाहलमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई नगद, मेडल र आकर्षक उपहारसहित अवार्ड प्रदान गरिएको हो । अध्ययनप्रति विद्यार्थीलाई प्रोत्साहन गर्न अवार्ड वितरण गरिएको थापाले बताए । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस अन्तर्गतको एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई अवार्ड वितरण गरेको हो ।

‘फाउण्डेसन मार्फत हामीले विभिन्न सामाजिक काम गरिरहेका छौं,’ उनले भने, ‘यस पटक उत्कृष्ट विद्यार्थीलाई अवार्ड दिएका हौं । यो अवार्डलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।’ फाउण्डेसनले यस अगाडि रसुवामा भूकम्पबाट भत्किएको एउटा विद्यालयको भवन १६ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको थियो । अवार्ड वितरणसँगै सोही अवसरमा अष्ट्रेलियन सेमिनारसमेत भएको थियो ।

कमेन्टहरु
Loading...