पहिलोपटक पोखरामा ईक्यान मेला हुने

पोखरा, २३ पुस /राजधानी बाहिर पहिलोपटक पोखरामा शैक्षिक मेला हुने भएको छ । विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा हुन लागेको मेला आगामी माघ ३ देखि ५ गतेसम्म चल्ने आयोजक नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीले जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको बारेमा जानकारी दिएको हो ।

cean pokharaपछिल्लो समय युवापुस्तामा बढ्दै गएको वैदेशिक शिक्षाको आकर्षण र चासोलाई अझै बढि स्पष्ट पार्ने हेतुले मेलाको आयोजना गर्न लागेको ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले बताए । ‘स्वदेशी एवं विदेशी शिक्षा प्रणालीको बारेमा प्रर्याप्त सुचना दिनुका साथै गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीको पहुँच बढाउन हामीले मेलाको आयोजना गरेका हौँ ।’ उनले भने–‘पहिलोपटक पोखरामा हुन लागेको मेलामा विद्यार्थीहरुमा गुणस्तरिय शिक्षा आर्जनका लागि रहेको चासोलाई चिर्नेमा हामी विश्वस्त छौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै मेलाका संयोजक ईविन्द्रराज तिवारीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्राय सबै स्टलहरुको बुकिङ भैसकेको छ ।’ उनले भने–‘सबै शैक्षिक परामर्शदाता संस्थाहरु हुन् र उनीहरुले फरक–फरक स्टलबाट विद्यार्थीहरुलाई सुचना प्रवाह गर्नेछन् ।’ तीन दिनसम्म चल्ने मेलामा ६० वटा स्टल र दुईवटा पेभिलियन रहने आयोजकले जानकारी दिएका छन् ।

मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएत देशका कलेज तथा युनिभर्सिटीबाट प्रतिनीधिहरुले सहभागिता जनाउने समेत ईक्यान कास्कीले जनाएको छ ।

मेला सम्पन्न गर्न करिब १५ लाख रुपैँया खर्च लाग्ने ईक्यान कास्कीले जनाएको छ । मेलामा २५ हजार दर्शकहरुको सहभागिता रहने आयोजकको अनुमान छ । मेलाको टाईटल स्पोन्सरको रुपमा कंगारु एडुकेशन फाउन्डेशन रहेको छ भने सब टाईटल स्पोन्सरको रुपमा किङ्गस् ईन्स्टिच्यूट रहेको छ । मेलाको सहयोगीको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ भने बैकिङ पार्टनरको रुपमा प्राईम बैंक रहेको छ ।

मेलालाई एजुकेशन पार्कले मुख्य प्रायोजन गरेको छ भने ट्रिनीटी एजुकेशन फाउन्डेशन, स्मार्ट ओपन एकेडेमी, डेल्टा एडुकेयर नेपाल, बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशन र यूरो–एशिया एजुकेशनल कन्सल्टेन्सी लगाएतका संस्थाहरुले प्रायोजन गरेका छन् ।

कमेन्टहरु
Loading...