उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन : कोइराला

पोखरा, २६ असोज/गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताएका छन् ।अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उनको भनाई थियो । बचत तथा ऋण सहकारीले पनि अनिवार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नीति प्रदेश सरकारले बनाएको बताउदै उनले आफ्नै देशमा उत्पादन वृद्धि नगर्ने बेला सम्म बजार मुल्य वृद्धि रोक्न नसकिने बताए ।

उत्पादन बढाउने काम सहकारीले गर्नुपर्ने र उत्पादन भएका बस्तुको बजारको जिम्मा सरकारले लिनु पर्ने उनको भनाई थियो । शनिबार लेखनाथमा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्था लिमिटेड एवं खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको तेस्रो साधारण सभाको उद्घाटन गर्दे प्रमुख अतिथि समेत रहेका कोइरालाले सो कुरा बताएका हुन् ।

कृषि अनुदानमा गण्डकी प्रदेशले ४० करोड भन्दा बढि अनुदान दिएको भन्दै अनुदान पाउनेहरुले उत्पादन गरेका छन् की छैनन त्यो निगरानी हामी सवैले गर्नु पर्ने बताए । कोइरालाले कृषकले उत्पादन गरेका कृषि उपज कोल्ड स्टोरमा राख्ने ब्यवस्था सरकारले गर्ने बताए । एक पालिका एक कोल्ड स्टोर कार्यक्रम सञ्चालन भइरहेको भन्दै पोखराको चाउथेमा पनि प्रदेश सरकारको साडे २ करोड र नीजि क्षेत्रको साढे चार करोड गरेर ७ करोड भन्दा बढिको लगानीमा कोल्ड स्टोर सञ्चालनमा आएको बताए ।उनले योजना बनाएर काम गर्न आग्रह गरे ।

जव योजना बनाएर काम गरिन्छ लक्ष्यमा पुग्नको लागि सोही अनुसार कार्य पनि हुन्छ भन्दै लेखनाथ क्षेत्र माछा पालनको लागि उपयुक्त ठाउँ भएकोले पनि माछापालन गरेर पोखरालाई आत्म निर्भर गराउन आग्रह गरे । कतिपय ठाउँमा बोर्डमा स्थानीय माछा तर प्लेटमा अन्त्यैको माछा हुने गरेको भन्दै माछा उत्पादनमा जोड दिए ।सरकारले सहकारीहरु लाई उत्पादनको क्षेत्रमा लाग्न प्रोत्साहन गरेकोले यस अबसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीले ताल संरक्षण संगै मत्स्यपालनलाई ब्यवस्थित बनाएर लैजान आफुहरु लागि परेको बताए ।कार्यक्रम ज्येष्ठ सदस्य तथा शेयर सदस्यका छोरा छोरी र उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...