डेरी प्लान्ट र किचनका उपकरण पोखरामा बिक्री सुरु

पोखरा, १५ फागुन/चितवनको भरतपुरमा स्थापना भई नेपालको काठमाडौ, विराटनगर र बुटवलमा शाखा कार्यालय स्थापना गरेको ह्वाइट हिमालयन इन्जिनियरिङले पोखरामा पनि शाखा विस्तार गरेको छ ।

डेरी प्लान्ट र किचनका उपकरण पोखरामा बिक्री सुरु
डेरी प्लान्ट र किचनका उपकरण पोखरामा बिक्री सुरु

पोखरामा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी शाखा कार्यालय स्थापना गरिएको जानकारी दिइएको हो । कम्पनीले डेरी प्लान्ट, व्यवसायिक किचन, वेभरेज, हस्पिटल फर्निचर, फर्मास्युटिकल लगायत स्टेनलेस स्टिल (खियारहित) सम्बन्धी सम्पूर्ण उपकरण निर्माण तथा बिक्री वितरण गर्दैआएको छ ।

पोखराको न्यूरोडमा शाखा कार्यालय स्थापना गरी पोखरेली व्यवसायीलाई सेवा सुविधा प्रदान गर्दैआएको प्रबन्ध निर्देशक तिलकप्रसाद शर्माले जानकारी दिए । कम्पनीले उत्पादन गरेका सामग्री डेरी, होटल रेस्टुरेन्ट, हस्पिटल, औषधी कम्पनी, ब्रुअरी, वेभरेज, खाद्य बस्तु उत्पादक, घर लगायतमा प्रयोग हुँदै आएको उनले बताए ।

कम्पनीले डेरी सम्बन्धी उत्पादन गरेपछि ग्रामीण क्षेत्रका किसानलाई दूध संकलन गरी बजारसम्म ल्याएर बेच्नका लागि सहज हुने छ । कृषकले उत्पादन गरेको दूध सोही दिन बजारमा पु¥याउन नसक्दा दूध फाट्ने समस्याबाट कृषकलाई छुट्कारा मिल्नेछ । कम्पनीले उत्पादन गरेका डेरी सम्बन्धी सामग्रीमा कृषकले ३ दिनसम्म दूधलाई चिस्यानमा राखी बजारमा ल्याउन सक्छन् । यसले ठूला व्यवसायी देखि साना व्यवसायीलाई समेत लाभ मिल्ने कम्पनीका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।

विगत १० वर्षदेखि सेवा दिँदै आएको उक्त कम्पनीले ३ वर्षअघि गुणस्तर प्रमाण चिन्ह आइएसओ ९००१ः२००८ प्राप्त गरिसकेको छ । कम्पनीले उत्पादन गरेको सामग्री पोखरामा सुजल डेरी, नोभा तथा सहकारीहरुले पनि प्रयोग गर्दैआएका छन् । कम्पनीले पोखराबाट सेवा दिन थालेपछि यस आसपासका जिल्लाका कृषक तथा व्यवसायीलाई फाइदा मिल्नेछ ।
सानोदेखि ठूलो लगानीका होटललाई लक्षित गर्दै कम्पनीले किचनसम्बन्धी सामग्रीसमेत बजारमा ल्याएको जनाएको छ । पर्यटकीय नगरी पोखराको न्यूरोडमा कार्यालय रहेको कम्पनीले यस्तो सुविधाबाट लाभ लिन सम्पूर्णलाई आग्रह समेत गरेको छ ।

कमेन्टहरु
Loading...