शुक्रबार प्याराडिसो स्पोर्टस् बारमा धर्मेन्द्र सेवानको बिषेश प्रस्तुती

पोखरा, २५ असोज/ पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा शुक्रबार साँझ धर्मेन्द्र सेवानको विषेश सांगितिक

प्रस्तुती राख्ने भएका छन् । देशैको अवसरमा परेर बारमा उनले विषेश प्रस्तुती राख्ने प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल म्यानेजर हरी पौडेले

जानकारी दिए । बेलुका ७ बजेबाट शुरु हुने बिषेश सांगितिक प्रस्तुती मध्यरातसम्म चल्ने छ । धर्मेन्द्र सेवान सहित उनको व्याड र बारका

नियमीत कलाकारले प्रस्तुती राख्ने पौडेलले बताए । सेवानले विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् । युवा पुस्तामाझ प्रिय विधाका कलाकारको

प्रस्तुती रहने भएकाले पनि युवा÷युवतीका साथै पारिवारी जमघट हुने उनले बताए ।

‘युवापुस्तालाई लक्ष्त गरि विषेश सांगिति कार्यक्रम आयोजना गरिएको छ,’ उनले भने, ‘त्यसैले पनि कार्यक्रममा धेरैभन्दा धेरै युवा पुस्ताको

सहभागीता हुने छ ।’ उनले विषेश अवसरमा ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । ‘फुड, ड्रिङ् र म्युजिक’

स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि सेवा प्रदान गर्दै आएको छ ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने

व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए ।

उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

कमेन्टहरु
Loading...