पोखरामा देवः विकास बैंकको शाखा

पोखरा, २७ फागुन /देवः विकास बैंकले पोखरामा शाखा विस्तार गरेको छ । शाखाको आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।

कार्यक्रममा शिवाकोटीले पुँजी बृद्धिले बैंकलाई बलियो बनाएको बताए । ‘क’ वर्गका बैंकहरु नपुगेका ठाउँमा ‘ख’ बर्गका बैंकहरुलाई पनि सरकारी कारोबारको लागि इजाजत दिनुपर्ने उनले धारणा राखे ।  बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देशभर बैंकले सेवा विस्तार गरिरहेको बताए ।

‘सेवालाई छिटो छरितो र विश्वासिलो बनाउन सफल छौं,’ उनले भने । पोखरा शाखाबाट यस क्षेत्रका जनतालाई वित्तीय सेवा प्रदान गरिने शाखा प्रवन्धक दीपक ढुंगानाले बताए ।

बैंकले गत पुस मसान्तसम्ममा १३ अर्ब ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले देशभरका ४९ वटा शाखामार्फत १ लाख ८० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...