पोखरा उद्योग वाणिज्य संघको सदस्यमा भुजेलले उमेद्वारी घोषणा

पोखरा, ५ भदौ / निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनका लागि व्यवसायी

देव बहादुर भुजेलले कार्यसमिति सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। बर्तमान समितिमा कार्यसमिति

सदस्य पदमा रहेका भुजेलले आफुलाई आम उद्योग तथा व्यवसायीहरुको माया सदभाब र सहयोग प्राप्त भएकोले

सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उद्योग एबम व्यापार देशको मेरुदण्ड हुन् यसको समुचित

विकास र विस्तारले सुद्रिड, शसक्त र सक्षम उद्यमसिलता विकास गर्न सके नै देशको समृद्धि सम्भब रहेको उनको

भनाई छ । उधोग द्वारा उत्पादन र उत्पादित बस्तुहरुको व्यापारमा प्रोत्साहन दिन तत् संबन्धि बैज्ञानिक खोज

अनुसन्धान, तालिम, सेमिनार गोस्टिको आयोजना ल्याउनु संघको कर्तब्य हुन् उनको भनाई छ ।

दुर्इ वर्ष कार्य समितिमा बसेर पनि संस्थागत हिसाबले सम्पूर्ण व्यवसायीहरुको साझा प्रतिनिधित्व गर्दै आएको र

अब पनि गर्ने प्रतिबदता उनको छ । डिवि भाँडा पसलका संचालक भुजेल चिप्लेढुंगा सिदार्थचोक ब्यबसायी

समितिको अध्यक्ष छन् भने पोखरा भाँडा ब्यबसायी संघका निबर्तमान अध्यक्ष हुन् ।

कमेन्टहरु
Loading...