उद्योगी/व्यवसायीको सच्चा पहरेदार बन्ने दामु अधिकारी प्रतिबद्धता

पोखरा, ३१ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा प्यानलै उम्मेद्वारी घोषणा गरेको समावेशी

व्यवसायी समूहले उद्योगी व्यवसायीको सच्चा पहरेदार बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य

संघको आउँदो असोज ५ र ६ गते हुन गइरहेको निर्वाचनमा उम्मेद्वारी घोषणा गरेकाहरुका लागि निर्वाचन

समितिले शनिबार राखेको ‘उम्मेद्वार परिचय’ कार्यक्रममा समूहका उम्मेद्वारहरुले आफूहरु बिजयी भए

जिन्दगीभरी उद्योगी व्यवसायीको सच्चा पहरेदार बन्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले उद्योगी÷व्यवसायी र उनीहरुका समस्या

समाधानको चौकीदार बन्ने बताउँदै भने,‘उद्योगी÷व्यवसायीको निम्ती र उनीहरुको समस्या समाधानका लागि हामी

सच्चा पहरेदार बन्नेछौं, अझ भनौं चौकीदार बनेर काम गर्नेछौं ।’

पोखरा उद्योग वाणिज्य संघमा बिताएका ६ वर्ष र सामाजिक क्षेत्रमा गरेका अनगिन्ती कामहरुको अनुभवलाई

संस्थागत गर्न आफू अध्यक्षको उम्मेद्वार भएको प्रष्ट पारे । पोखरा प्रदेशको राजधानी मात्र हैन, पर्यटनको पनि

राजधानी भएकाले पोखरा उद्योग वाणिज्य संघको कार्यक्षेत्र पनि फराकिलो भएकाले त्यो सोंच र कार्यान्वयन गर्न

सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने उनले तर्क गर्दै उनले भने,‘हिजो पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा अग्रजले

आन्दोलन गरेर पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बन्ने निश्चित भो, भोलिका दिनमा यस्ता आन्दोलन अझ धेरै गर्नु छ,

त्यसैले ति आन्दोलनको नेतृत्व गर्नका पनि मेरो उम्मेद्वारी हो ।’

अध्यक्षका उम्मेद्वार अधिकारीले सरकारले ल्याएका योजना सफल बनाउन पोखरा उद्योग वाणिज्य संघले

साझेदारी गर्ने, राष्ट्रिय गौरवलगायतका कार्यहरु राम्रोसँग नगरेमा खबरदारी गर्ने तथा उद्योगी÷व्यवसायीको ढाड

सेक्नेगरी बृद्धि गरिएको कर बृद्धिप्रति खबरदारी गर्नपनि आफू अध्यक्ष बन्न आवश्यक रहेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...