कोभिड १९ महामारीको कारण कृषि क्षेत्रमा आईपरेका वा भबिष्यमा पर्न सक्ने समस्या तथा चुनौतिहरु सम्वोधनका लागि सुझावहरु

कोभिड १९ महामारी प्रत्यक्ष रुपमा स्वास्थसँग सम्बन्धित संकट हो । तर यस महामारी नियन्त्रणका लागि अपनाएका रणनितिहरु बिशेषत बन्दाबन्दीले कृषि क्षेत्रमा तथा अर्थब्यवसायमा ठूलो प्रभाव परेको देखिन्छ जसले निकट भविष्यमा खाद्यन्न संकट तथा भोकमरी जस्ता भयावह समस्याहरु निम्त्याउने सक्ने बिश्व बिज्ञहरुको आकंलन छ । यस्तो संकटको अवस्थामा मानवको रोग प्रतिरोधात्मक क्षमता बढाउन र भोकमरी हुन नदिन कृषि क्षेत्रलाई चलायमान राख्न अत्यन्त जरुरी छ ।

कोभिड १९ महामारीका कारण बन्दाबन्दीले उत्पादन र बजारीकरणमा आईपरेका समस्याहरुका लागि टेलिफोन सम्पर्कमा दिन सकिने केही सुझावहरु:

समस्याहरु समाधानको लागि टेलिसुझावहरु
तरकारी खेती सम्वन्धि
उत्पादन सामग्री (विउ, मल) आदिको अभाव
  • बन्दाबन्दीमा पनि घरायसी स्तरमा उपलव्ध विउविजन प्रयोग गरि मौषम अनुसारघर वरिपरिको जग्गामा ब्यतिmगत स्वास्थ सम्वन्धि अपनाउनु पर्ने सावधानिहरु अवलम्वन गरी कृषि कार्य गर्ने, जस्तैः बिउ रोप्ने बाली भित्राउने, गोडमेल इत्यादि कार्यहरुलाइ निरन्तरता दिने
  • आफूसंग नभएका विउविजन छिमेकीसंग सट्टा गरि वा र्पैचो लिई खेति गर्ने
  • घरायसी स्तरमै उपलव्ध गोठेमल, कम्पोष्ट मल तथा स्थानीय सामग्रीको प्रयोग गरी जैविक विषादी बनाई प्रयोग गर्ने
  • सम्वधित  पालिका/कृषि  सेवा  केन्द्रसंग  समन्वय  गरि  स्थानीय  एग्रोभेट  मार्फत  सामग्री आपूर्तिको प्रयास गर्ने
तरकारीको बजारीकरणमा समस्या
  • सम्वन्धित वडा संग समन्वय गरि व्यक्तिगत सुरक्षा र सावधानीहरु अवलम्वन गरी स्थानिय
  • स्तरमा  बिक्रि गर्ने
  • छरछिमेकमा विक्री गर्ने वा अन्य वस्तुसंग साटेर आफ्नो आवश्यकता पुरा गर्ने
  • भविष्यमा प्रयोग गर्नको लागि चाना, गुन्द्रुक, सिन्की, मस्यौरा, अचार आदि बनाई उचित तरिकाले भण्डारण गरेर राख्ने
  • उत्पादन धेरै छ भने स्थानिय सरकारसंग समन्वय गरि बजारिकरण गर्ने (प्रदेश नं. ५ ले कृषिजन्य वस्तुहरुको विक्री सहज बनाउनको लागि कृषि एम्वुलेन्सको सुरुवात गरेको छ, पालिकाले संकलन केन्द्रको लागि पासको व्यवस्था गरि तरकारी विक्रीको लागि सहयोग गरेको छ)
  • स्थानिय सरकारद्धारा वितरण गरिने राहत कार्यक्रममा तरकारी समावेश गरि वितरण गर्नको लागि पेरवी र पहल गर्ने (राहत प्याकेजमा दाल चामल नुन, तेल जस्ता खाद्यन्न मात्र भएकाले पोषणका लािग कम्तिमा पनि स्थानिय स्तरमै कृषकहरुद्धारा उत्पादन भएका तथा बिक्री गर्नमा समस्या भएको तरकारी खरिद गर्न सकिन्छ ।)
कुखुरा पालन सम्बन्धि
दाना तथा अन्य सामग्री (चल्ला, औषधी, भ्याक्सिन, आदि) को अभाव
  • कुखुरालाई नियमित भन्दा कम (१ चौथाई सम्म) दाना दिई बचाईराख्ने
  • अर्धबन्देज वा पूर्ण बन्देजमा पाल्ने गरेको कुखुरालाई केहि समय खुल्लामा चराउने जसले गर्दा दानाको खपत कम हुन्छ
  • कुनै निजी क्षेत्रले दाना उपलव्ध गराउन सक्छ भने सम्वन्धित पालिका÷पशु सेवा शाखासंग
  • समन्वय गरि आपुर्तिको व्यवस्था गर्ने
  • घरायसी स्तरमा उपलव्ध सामग्रीहरु जस्तै अन्न, गेडागुडी आदिको प्रयोग गरि दाना बनाएर प्रयोग गर्ने
अण्डा तथा मासुको बजारिकरणमा समस्या
  • स्थानीय विक्रेता, मासु पसल तथा छिमेकीहरु मार्फत विक्रीको प्रयास गर्ने
  • दानाको आपूर्ति कम भएमा बचाईराख्नको लागि न्यूनतम दाना दिने
  • अण्डाको विक्री हुन नसकेमा चल्ला उत्पादनको लागि प्रयोग गर्ने
  • सम्वन्धित पालिका/वडा ले गर्ने राहत वितरण प्याकेजमा अण्डा पोषिलो खानेकुराको लागि
  • राख्न सकिने कुरालाई पनि पैरवी गर्ने
अन्य
प्राविधिक सेवाको अभाव
  • कृषि संग सम्वन्धित शैक्षिक सामग्रीहरु जस्तै बाली पात्रो, फ्लिप चार्ट, बारी देखि थालसम्म आदिको प्रयाग गरि खेती गर्ने
  • खेती गर्नको लागि सम्वन्धित श्रोत व्यक्ति, अगुवा कृषक, नमूना कृषक आदिको सहयोग लिने तथा आवश्यकता अनुसार उक्त नमुना कृषकहरुको मोवाइल सम्पर्क नम्बर दिने
  • सम्वन्धित कृषि ज्ञान/पशुसेवा विज्ञ केन्द्र, पालिका/कृषि तथ पशु सेवा शाखा/एग्रोभेट आदिसंग फोनमार्फत सल्लाह लिने
  • मोवाईल कृषि एप, ईन्टरनेट आदिबाट आवश्यक जानकारी लिने
सामग्री सहयोगमा समुदाय वा पालिकाको अपेक्षा
  • नियमित सम्पर्क मार्फत जोखिममा रहेका घरधुरीहरुको पहिचान हुने कुरा जानकारी गराउने
  • संकलित सुचनाहरुलाई अन्य निकाय मार्फत वितरण गरिने राहत कार्यक्रममा प्राथमिकिकरण गर्नको लागि प्रयोग गर्न सकिने कुरा जानकारी गराउने
  • सम्वन्धित पालिका÷वडा ले गर्ने राहत वितरण कार्यक्रममा जोखिममा रहेका घरधुरीहरु छुटेका छन् भने सम्वन्धित निकायमा जानकारी गराउने (पालिकाले खाद्य बैंक स्थापना गरेको भए जोखिममा रहेका घरधुरीहरुलाई सम्पर्क गराईदिने, रुपन्देहीको तिलोत्तमा नगरपालिका)

 

सहजकर्तालाई सन्देश:

  1. सहजकर्ताले नियमित कृषि ज्ञान केन्द्र/भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द/न.पा/गा.पाको कृषि शाखा/पशुसेवा शाखा/वडा कार्यलयमा सम्पर्क गरि हालको अवस्थामा कृषि क्षेत्रलाई सहयोगको लागि लिएको रणनिती बारे जानकारी लिने र उपयोगी सुचना सम्बन्धित कृषकलाई जानकारी गराउने ।
  2. प्रदेश सरकारले गरेका कृषकलाई सहयोग हुने (कृषि राहत, कृषि ऋणको ब्याजमा छुट, बजारिकरणलाइ पास नचाहिने, आदि) खालका निर्णय नियमित बुझ्ने र सम्बन्धित कृषकलाई जानकारी गराउने ।
  3. राहत प्याकेजमा दाल चामल जस्ता खाद्यन्न मात्र परेको हुनाले तरकारी, अण्डा जस्ता पोषणयुक्त खाद्यवस्तुहरु जो स्थानिय स्तरमा उत्पादन भई बिक्री नभएको अवस्थामा छन् उक्त साम्रगीहरु पनि सामवेश गर्नलाई पैरवी र पहल गर्ने ।
  4. प्रदेश सरकारले आवहान गरेको कुनै पनि सहयोग पाउनका लागि आवश्यक पर्ने फर्म, फम्र्यााटहरु डिजिटल माध्यमबाट गाह्रो पर्ने वा ईन्टरनेट सुविधा नभएको अवस्थामा सहजकर्ता आफैले फर्म डाउनलोड गरि आवश्यक सहयोग गर्ने ।
  5. खाद्यन्न असुरक्षित घरधुरी तथा अन्य कृषि, पशु उत्पादन र बजारीकरण सम्वन्धि समस्या परेका घरधुरीहरुलाइ आवश्यकता अनुसार सम्बन्धित निकायसंग सम्पर्क र संमन्वय गराईदिन सहजिकरण गरिदिने र संमन्वय गराईदिएको रेकर्ड राख्ने ।

स्रोत: सुआहारा

कमेन्टहरु
Loading...