सिटी रेवान महोत्सवको तयारी तिब्र, उपसमिति गठन

पोखरा, १३ माघ /पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराको आयोजनामा फागुन १७ देखि २५ गतेसम्म हुने सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबलको तयारीलाई तिब्र पारिएको छ । यसैक्रममा महोत्सवको तयारी गर्न विभिन्न उपसमिति चयन गरिएको अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दीपक तिमिल्सिनाको मूल संयोजकत्वमा १२ वटा उपसमिति चयन गरिएको छ । अतिथि व्यवस्थापनमा धर्मबन्ध सुवेदी, प्रचारप्रसारमा जीवन दाहाल, सचिवालयमा सागर लुइँटेल, अनुगमनमा चिरञ्जिवी श्रेष्ठ, सुरक्षा तथा संघसंस्था समन्वयमा केपी शर्मा पाध्या, कानुनी परामर्शमा जगन्नाथ ढकाल, सांस्कृतिकमा यामबहादुर गुरुङलाई संयोजक तोकिएको छ ।

स्टेल व्यवस्थापनमा पार्वती जिसी, आर्थिक व्यवस्थापनमा रामप्रसाद ज्ञवाली, बाल उद्यानमा दयाराम सापकोटा, खाजा, खाना तथा रेष्टुरेन्ट व्यवस्थापनमा प्रकाश सुवेदी, व्यानर व्यवस्थापनमा प्रेम सापकोटा, स्टल अनुगमनमा पिताम्बर पौडेल, स्वास्थ्य उपचारमा देवेन्द्र लम्साल, पानी तथा सरसफाईमा यमनाथ ढकाल, साउण्ड सिस्टममा अर्जुन खनाल, टिकट व्यवस्थापनमा डिल्लिराम पाण्डेलाई संयोजक तोकिएको महासचिव जीवन दाहालले जानकारी दिए ।

सिटी रेवान महोत्सवसँगै यस वर्ष क्यान कास्कीको सहकार्यमा दसौं क्यान इन्फोटेक पनि हुनेछ । ‘महोत्सवको तयारीलाई तिब्र बनाइएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्न सुरु गरिसकेका छन् ।’

कमेन्टहरु
Loading...