चिप्लेढुङ्गा–सिद्धार्थचोक ब्यबसायी समितिको अध्यक्षमा भुजेल

पोखरा, २६ चैत/चिप्लेढुङ्गा–सिद्धार्थचोक ब्यबसायी समितिको प्रथम अधिवेशनले तदर्थ समितिका संयोजक देबबहादुर भुजेल (डिबी) को अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पूर्णबहादुर थापा, सचिवमा मोति भुजेल, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सहसचिवमा दुर्गा सुनुवार र सहकोषाध्यक्षमा प्रमोद लिगललाई चयन गरेको छ ।

त्यस्तै, समितिको सदस्यहरुमा राजेन्द्र बजिमय, मनोज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, पिताम्बर लामिछाने, बिष्णु अधिकारी, विश्व राना, किरणराज लामिछाने, नबिन श्रेष्ठ, अनिल ढेवाजु चयन भएका छन् । यसैबीच, समितिको पहिलो बैठकले समितिको सल्लाहकारमा कृष्णबहादुर गुरुङ, गणेश छबी, लक्ष्मण श्रेष्ठ, बि.बि. थापा र भुषणमणि पराजुलीलाई चयन गरेको छ ।

यसअघी अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का संयोजक सञ्जीवबहादुर कोइरालाले गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ब्यस्त बजार नै अस्तब्यस्त हुनेगरी मानवअधिकारचोकमा राजनीतिक पार्टीको कार्यक्रम राख्न नदिन सुझाव दिए । उनले यसका लागि पोखरा उद्योग वाणिज्य संघले नेतृत्व लिएर ब्यस्त बजारको सट्टा प्रदर्शनी केन्द्र, अमरसिंहचौरलगायतका बैकल्पिक ठाउँहरुमा कार्यक्रम गर्नका लागि दवाब दिनुपर्नेमा जोड दिए । कोइरालाले पोखरा लेखनाथ महानगरपालिकाले गैरकानूनी रुपमा सडकमा पार्किङ शुल्क लिइरहेको आरोप लगाए । यदि कसैले सडकमा उठाइएको पार्किङ शुल्क बिरुद्ध अदालतमा मुद्धा हाले महानगरपालिकाले मुद्धा हार्ने समेत ठोकुवा गरे ।

तदर्थ समितिका संयोजक देबबहादुर भुजेल (डिबी) को अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी रत्न तथा आभुषण संघ कास्कीका अध्यक्ष किसान सुनार, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष बिन्दु कोइराला सुवेदी, समितिका उपाध्यक्ष पूर्णबहादुर थापालगायतले बोलेका थिए । चिप्लेढुङ्गा–सिद्धार्थचोक ब्यबसायी समितिमा ११५ ब्यबसायी आबद्ध रहेको समितिका सचिव मोति भुजेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...