महिला उद्धमी चिनु गुरुङ राजधानीमा सम्मानित

पोखरा, ६ असार/ पोखरा उद्योग बाणिज्य संघकी सदस्य एवम महिला उद्धमी चिनु गुरुङ बुधबार राजधानी काठमाडौमा नगद पुरुस्कार सहित उत्कृष्ट महिला उद्धमीबाट सम्मानित भएकी छन् ।

उधोग, बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रि मातृका प्रसाद यादबले उनलाई नगद पुरुस्कार र सम्मानपत्र द्वारा सम्मान गरेका हुन् ।

गुरुङ ब्युटी पार्लर प्राली पोखराकी अध्यक्ष चिनु गुरुङ लामो समय देखि सौन्दर्य पेशामा आवद्ध छिन । उनलाई कास्की जिल्ला बाट उत्कृष्ट महिला उद्धमीका रुपमा छनौट गर्दै मन्त्रालयले सम्मान गरेको हो ।

कमेन्टहरु
Loading...