चित्रे होम स्टेहरुको भिटोफद्वारा अनुगमन

पोखरा, १९ माघ /गाउँ पर्यटन प्रबर्द्धन मञ्च भिटोफ कास्कीले पर्वत जिल्लाको चित्रे गाविसमा रहेकोे चित्रे ग्रामिण पर्यटन होमस्टे विकास समिति अनुगमन तथा निरीक्षण गरेको छ ।

कास्की जिल्लाको ढिकुर पोखरी, भदौरे तामागी हुँदै सजिलै जान सकिने गुरुङ बस्ती भएको चित्रे गाविस वडा नं. १ मा बिगत ५ बर्ष देखि संचालन भइ रहेकोे घरबास कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हुँदै गएको स्थानियले वताए ।
संचालिका शुशिला गुरुङले घरबास संचालनबाट आफुहरु सन्तुष्ट भएको तर नवीकरण प्रक्रिया झन्झटिलो भएको बताएकी थिइन । सो अबसरमा नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सुर्य थपलियाले अनुगमनका क्रममा घरबास कार्यक्रममा तोकिएको मापदण्ड पूरा गरेको पाईएको बताउँदै उनले गुरुङलाई नविकरणमा कुनै समस्या भए पर्यटन बोर्डको कार्यलयमा जानकारी हुनुपर्ने बताए ।

सो अबसरमा वरिष्ठ पत्रकार अमृत भादगाउँले, भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारी र स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष कृष्ण रानाभाट लगाएतको उपस्तिथि रहेको थियो । बुधबार कास्कीको पोखरा २५ पुम्दीभुम्दी स्थित कालावाङ होमस्टेको पनि अवलोकन तथा जानकारी लिईएको भिटोफका अध्यक्ष पहारीले वताए ।

कमेन्टहरु
Loading...