चट्याङबाट बच्ने प्रविधिबारे पोखरामा छलफल

पोखरा, ६ बैशाख /चट्याङबाट बच्न गुणस्तरयुक्त सामान प्रयोग गर्नाले ठूलो जनधनको क्षतिबाट बच्न र बचाउन सकिने किसिमको नयाँ प्रविधि पोखरामा आएको छ ।

नववर्ष २०७४ को अवसरमा भएको चट्याङबाट बच्ने प्रविधिबारे आयोजित छलफलमा चट्याङ विशेषज्ञ एवं एबीएका प्रबन्ध निर्देशक सहदेव व्यञ्जनकारले नेपालमा वर्षेनी चट्याङले ठूलो क्षति पु¥याएको परिप्रेक्ष्यमा सो क्षति कम गराउन जर्मनी प्रविधिको एपिएस चट्याङबाट विद्युतीय तथा धनजनको क्षतिबाट बचाउन सकिने बताए ।

यो प्रविधिको व्यापार प्रवद्र्धनका लागि पोखरामा थर्मोटेक र इलेक्ट्रो ग्रुपले पोखरामा जिम्मेवारी पाएको र सो मार्फत सहज रुपमा जडान गर्न सकिने बताए । पोखरामा बढी मात्रामा पर्ने चट्याङलाई रोक्न प्रति घर वा १२० मिटरसम्मको क्षेत्रमा समूह मिलि टोल टोलमा एपिएस जडान गर्न सकिने थर्मोटेकका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख रामजी भण्डारीले विद्युतीय स्टेशनहरुमा वर्षेनी चट्याङले ठूलो क्षतिका कारण उत्पन्न तथा वितरणमा समस्या आएकोले गुणस्तरीय प्रविधि राख्न सके सहज हुने बताए । स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले प्राकृतिक प्रकोप नियन्त्रणमा सबै सजग हुनुपर्ने र यसमा आम मिडियाले सचेतनाका लागि सहयोग गर्नुपर्ने बताए । इन्जिनियरिङ कन्सल्टेन्सी एशोसिएशनका अध्यक्ष देउकाजी गुरुङ्गले सुरक्षा विना हुने निर्माणले आर्थिक व्यवस्थापन गर्न नसक्दा घरघरमा सामान्य चट्याङले ठूलो क्षति हुने हुँदा प्रविधिको जडान गर्नुपर्ने बताए ।

पोखरा थर्मोटेकका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख उज्वल पोेखरेल, लेखनाथ उद्योग बाणिज्य संघका लक्ष्मी त्रिपाठी, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, कम्पनीका प्रबन्ध निर्देशक ई.राजेन्द्र ढकाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम अन्तर्गत विद्युतीय जडानमा कार्यरत मेकानिकहरुका लागि चट्याङ प्रविधि जडानका सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ । पोखरा इलेक्ट्रिकल क्लवको आयोजनामा भएको कार्यक्रममा पोखराका ३० भन्दा बढी मेकानिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन प्रजुले मेकानिक्सहरुको सचेतनाले आम नागरिकलाई सुरक्षा पुग्ने बताए । क्लवका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इ.राजेन्द्र ढकाल र सहदेव ब्यञ्जनकारले सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...