भारतीय पर्यटक आकर्षित गर्ने होटेल संघको चलिय पोखरा अभियान

सागर राज तिमिल्सिना /पोखरा, ६ चैत भूकम्प र नाकाबन्दीका कारण भारतीय पर्यटक आउन कम भए पछि नकारात्मक सन्देश हटाउन पश्चिमाञ्चल होटेल संघ पोखराले भारतीय सहरमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्जालन गर्ने भएको छ ।
पोखराका पर्यटन व्यवसायीले भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक चैत १३ गते देखि १८ गते सम्म चलिए पोखरा अभियान सञ्चालन गर्ने पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बताए। उनले भूकम्पपछि खस्किएको पर्यटन उद्योग भारतको अघोषित नाकाबन्दीले थप थलिएको छ। नाका खुलेपछि अहिले केही सहज भएकाले भूकम्प र नाकाबन्दीपछि भारतीय पर्यटन बजारमा परेको नकारात्मक सन्देश चिर्न भारतको कानपुर, लखनउ, बनारस, र गोरखपुरका सहरमा अभियान सञ्चालन गर्ने जानकारी दिए ।

अभियानमा पोखराका पर्यटन व्यवसायी, संस्था ट्राभल, ट्रेकिङ, होटेल, रेस्टुरेन्ट व्यवसायी, पोखरा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघसंस्थाको सहभागिता रहने उनले जानकारी दिए । नेपाली नयाँ वर्षमा पोखरामा हुने महोत्सव अघि गरिने प्रवद्र्धनात्मक कार्यक्रममा भारतका सहरमा अभियान सञ्चालन गर्दा पोखरामा पर्यटक बढ्ने निवर्तमान अध्यक्ष हरी शर्माले जानकारी दिए ।

पर्यटकको आगमनदर बढाउन, पर्यटकलाई उत्कृष्ट सेवा दिन, औसत बसाइ लम्ब्याउन विगतमा भइरहेका कार्यक्रमलाई वर्तमान असहज परिस्थितिमा थप महत्व दिएर अगाडि बढाउने शर्माले बताए ।

कमेन्टहरु
Loading...