Ganthan News Pokhara
All news from Pokhara & around

चैते दशैमा कास्कीकोट चैते दशै महोत्सव

0

पोखरा १७ चैत्र /ऐतिहासीक पौराणीक तथा धार्मिक स्थलको संरक्षण र प्रर्वद्धन गर्न कास्कीकोटमा प्रथम चैते दशै महोत्सवको आयोजना गर्ने भएको छ ।

चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने महोत्सवको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रदेश सरकारले घोषणा गरेको आन्तरीक पर्यटन वर्ष सगै कास्कीकोटमा ५० हजार पर्यटक भित्राउन पोखरा महानगरपालीका वडा नम्बर २४ को आयोजना महोत्सव गर्न लागेको वडा अध्यक्ष ओम प्रसाद सुबेदीले जानकारी दिए ।

महोत्सवमा नेपालकै सर्वाधीक राशीको खुल्ला भजन चुट्का प्रतियोगीता ,कास्कीकोट स्तरीय कास्कीकोट भलिबल कप प्रतियोगिता, कृर्षि तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता ,खुल्ला कविता प्रतियोगीता,म्युजीकल चियर,रस्साकसी,छेलो हान्ने, हाफ म्याराधुन प्रतियोगीता, लोप उन्मुख सरुन खेलको प्रर्दशन , नौमती तथा पञ्चेवाजा प्रर्दशन , राष्टिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुति,विभन्नि सांकृतीक झाकी लगाएत विविध कार्यक्रमहरुको आयोजना गरीएको छ ।

महोत्सवको अनुमानीत खर्च १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ । २६ वटा कास्कीकोट चैते दशै महोत्सव व्यवस्थापन उप समिती निमार्ण गरीएको महानगरपालीका कार्यापालीका सदस्य सन्तु सवेदीले बताए ।

कास्कीकोट गुप्तकालीका मन्दिरमा प्राय ठुलो दशै र चैते दशैमा सयौ वर्ष अगाडी देखि मेला भने हुदै आइरहेको वडा सदस्य अग्नीधर त्रिपाठीले बताए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।