क्यान इन्फोटेकका ७५ प्रतिशत स्टल बुकिङ

पोखरा, १ फागुन . कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’मा राखिने स्टलमध्ये ७५ प्रतिशत बुकिङ भएका छन् । बाँकी स्टल पनि बुकिङ हुने क्रम जारी रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक तीर्थराज सुवेदीले जानकारी दिए ।

क्यान इन्फोटेक फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । इन्फोटेकको तयारीलाई तिब्र बनाइएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने पौडेलले बताए ।

क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुने क्यान कास्कीका सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिए । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।

कमेन्टहरु
Loading...