पोखराको निभा गल्लीमा ‘क्याफेसाइट’

हरि पन्त
पोखरा, १३ माघ /पछिल्लो समयमा क्याफे तथा रेष्टुरेन्ट व्यवसायमा युवाको आकर्षण बढ्दै गएको छ । अन्य व्यवसायको तुलनामा क्याफे तथा रेष्टुरेन्ट सजिलो मानिन्छ भने य व्यवसायप्रति आम नागरिकको बुझाइ पनि सकारात्मक बन्दै गएको छ । पोखरामा सञ्चालित अधिकांश क्याफे तथा रेष्टुरेन्ट व्यवसायिक हिसाबले अब्बल सावित भएका छन् ।

यसैक्रममा पोखराको निभा गल्लीमा क्याफेसाइट रेष्ट्रो एण्ड बार पनि सञ्चालनमा आएको छ । २ युवाको करिब १ करोड ५० लाखको संयुक्त लगानीमा क्याफेसाइट सञ्चालनमा आएको हो । क्याफेसाइटमा धादिङका मोहन पण्डित र कास्कीका भीम गौतमको लगानी छ । रेष्टुरेन्टका पराखीलाई फरक पन र फरक स्वाद दिलाउने उद्देश्यले आफूहरूले क्याफेसाइट सञ्चालन गरेको सञ्चालक मोहन पण्डित बताउँछन् ।

पण्डित र गौतम दुवै फेन्सी व्यवयायी पनि हुन् । दुवै जना राजनीतिक तथा सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन् । सञ्चालक पण्डित करिब ५ वर्ष कोरिया बसाइपछि नेपाल फर्किएर समाज सेवाका साथै व्यवसायमा संलग्न भएका हुन् । क्याफेसाइटमा शान्त र पारिवारिक वातावरणमा रोजाई अनुसारकै खानाका परिकार पाउन सकिन्छ । आन्तरिक तथा वाह्य पर्यटकलाई केन्द्रित गरेर क्याफेसाइट सञ्चालन गरिएको अर्का सञ्चालक भीम गौतमले जानकारी दिए ।

एकै पटक करिब १ सय ५० जनालाई सेवा दिन सकिने उनले बताए । गौतमका अनुसार क्याफेमा ३० जना कर्मचारी छन् भने करिब १ सय जना क्षमताको सभाहल पनि तयार हुँदैछ । व्यस्त शहरी जीवनको अभ्यास गरिरहेकाहरूलाई छिटो र छरित्तो सेवा दिइने क्याफेका सेफ दिनेश चौधरी बताउछन् । चौधरीले नियमित घरमा पाकेको परिकार भन्दा फरक स्वाद र स्वस्थ्यकर खानाले अकर्षण बढ्ने दाबी गरे ।

क्याफेमा इटालियन, थाई फुड, इन्डियन, चाइनिज र टिपिकल नेपाली स्वादमा परिकार बन्ने छ । साथै मटन तावा, आलु फ्राई, चिकन फ्राई, पिज्जा, कफी सप, बेकरी, मःम, चाउमिनसँगै बारको स्वाद पनि क्याफे साइटमा लिन सक्नेछ । क्याफेसाइटमा निभा गल्लीका दुवै लाइन, न्यूरोडको दरबारथोक मार्ग अर्थात समसुङ गल्ली, बाँस्तोलाथर जताबाट पनि सजिलै पुग्न सकिन्छ । क्याफेमा प्रशस्त पार्किङ गर्न मिल्ने ठाउँसमेत रहेको सञ्चालक पण्डितले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...