पार्किङको सुविधा सहित चिप्लेढुङ्गामा क्याफे दी गार्डेन नयाँ व्यास्थापनमा संचालन

पोखरा, ६ माघ/पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने संचालक अर्जुन गिरीले जानकारी दिए ।

माघ ७ गतेदेखी १४ गतेसम्म अपनिङ कार्यक्रम राखिएको संचालक गिरीले बताए । ‘अपनिङको अवसरमा २० प्रतिशत छुट दिएका छौ,’ उनले भने ।
अर्का संचालक विजय लम्सालले मिठो परिकारका साथै लाइभ म्युजिक पनि राखिने जनाए ।

उनले भने ‘ ग्राहकको रोजाइ अनुसार खानामा विविधता पस्कन्छौं नै । सँगै लाइभ म्यूजिक पनि राखिने छ । सर्वसाधारण र सामान्य कामकाजीको गच्छेले भ्याउनसक्ने मूल्य निर्धारण गरेका छौं । तर गुणस्तर र सेवासत्कारमा सम्झौता गरेका छैनौं ।’ महेन्द्रपुल र चिप्लेढुंगामा सबैभन्दा बेसी खट्किने आवश्यकता पार्किङ हो । त्यसैलाई ख्याल गरी रेस्टुरेन्टमा गाडी र मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको सञ्चालक लम्सालले बताए ।

‘गार्डेनको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ, पन्थी गल्ली र पराजुली मार्गको बीच भाग हुँदै गार्डेन पछाडि गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेका छौँ’ उनले भने ।  किनमेल लगायत कामका लागि बहुसंख्यक पोखरेलीलाई पायक पर्ने चिप्लेढुंगा इलाकामा क्याफे दी गार्डेनमा जस्तो पार्किङ सुविधा अन्त नरहको उनको दाबी छ ।

क्याफे दी गार्डेनमा बर्थ डे, विवाह र ब्रतबन्ध र चाडपर्वका पार्टी, सेमिनार, तालिम लगायत विविध कार्यक्रम गर्न १ सय ५० क्षमताको हल रहेको र आगामी दिनमा ५ सय क्षमताको हल निर्माण गर्ने योजना रहेको समेत जनाइएको छ । ७० लाखको लगानिमा नयाँ व्यवस्थापनसहित स्तर वृद्धि गरि सेवासत्कार र खानाको हाइजिनलाई प्राथमिकतामा राखिएको संचालकद्धय अर्जुन गिरी र विजय लम्सालले सुनाए ।

क्याफे दी गार्डेन
क्याफे दी गार्डेन
कमेन्टहरु
Loading...