बिजिबि क्याफेका कर्मचारीलाई अथिर्ति सत्कार तालिम

पोखरा, ३ असोज / पोखराको लेकसाइडमा रहेको बिजिबि क्याफेले कर्मचारीलाई आतिथ्यता सत्कार सम्बन्धि एक

हप्ते तालिम दिएको छ । तालिममा कर्मचारीको विभाग अनुसारको गुणस्तर अभिवृद्धि तालिम प्रदान गरिएको हो ।

क्याफेले प्रदानगर्ने सेवालाई अझगुणस्तरिय बनाउन तालिमको आयोजना गरेको सञ्चालकमध्येका एक ज्याक

तामाङले बताए ।

विदेशी पर्यटकको पहिलो रोजाईमा पर्दै आएको क्याफेले आफ्नो सेवाको गुणस्तरमा समअनुकुल परिष्कृत र

परिमार्जित गर्दै विगत केहि वर्ष देखि आन्तरिक पर्यटकहरुको पनिमुख्य रोजाइमा पर्न सफलभएको उनको भनाइ

छ ।

‘सबै वर्गका ग्राहक आउनु हुन्छ,’ उनले भने, ‘साधारण व्यवसायी देखि ठुला बहुराष्ट्रिय कम्पनीका निर्देशक,

कर्मचारी, हाकिम, नेता, मन्त्री, स्वदेशीतथा बिदेशीकलाकारको रोजाइमा पर्दै आएका छौ ।’ बलिउडका ख्याति

प्राप्त कलाकार अर्जुन कपुरले समेत क्याफेमा आएको उनले सुनाए ।

प्रशिक्षक सुदिपपोख्रेलले अतिथि सत्कार तथा वरिष्ठ सेफ तथा नेपाटुरिजम एन्ड होटलम्यानेजमेन्ट कलेजका सेफ

इन्ट्रक्टर राजकुमार लामाबाटकुकीले प्रशिक्षण गराएका थिए । तालिममा ७१ जनाकर्मचारीको सहभागिता थियो ।

हाइजेनिक खाना तथा प्रभावकारी सेवाका विषयमा तालिम केन्द्रित रहेको थियो ।

क्याफेले स्थापनाकाल देखि नै विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दे आईरहेको छ । तालिम समापनको अन्तिम

दिन क्याफेका पूर्व कर्मचारी सन्देश परियारलाई मुटु रोग उपचार्थ १ लाख चालिस हजारको चेक क्याफेका

संचालक तामाङ्गले हस्तान्तरण गरेका थिए ।

कमेन्टहरु
Loading...