ब्रो बेकरीको शाखा पोखरामा

पोखरा १ बैशाख/नेपाली चलचित्रकी सदाबहार नायीका करिष्मा मानन्धरले ब्रो बेकरीको चौथो शाखाको बुधबार पोखरामा उद्घाटन गरेकी छन् । पोखराको लेकसाइडमा सञ्चालनमा आएको यो बेकरीकोे उद्घाटन गर्दै उनले यस्ता व्यवसायले युवालार्ई स्वदेशमानै सर्घष गर्न उत्पेरणा मिल्ने बताइन् ।

ब्रो बेकरीको शाखा पोखरामा
ब्रो बेकरीको शाखा पोखरामा

कास्की जिल्लाको थुम्कि गाउँ विकास समिति–८ का युवा व्यवसायी विनोद ओझाको लगानीमा पोखरामा यो बेकरी सञ्चालनमा आएको हो । उनको आजभन्दा पाँच वर्ष अगाडी काठमाण्डौको सोह्रखुट्टेमा ब्रो बेकरी मार्फत व्यवसायीक क्षेत्रमा प्रवेश भएको थियो । हुन त ओझाले कसमस इन्टरनेशनल कलेज पोखरामा ए लेभल अध्ययन गरेर विदेश जाने सोच बनाएका थिए । अध्ययन प्रश्चात उनलाई विदेश जान मन लागेन ।

अनि स्वदेशमानै केहि गर्ने सोचका साथ २३ वर्षको युवा अवस्थामा उनले व्यवसायमा हात हालेका थिए । झण्डै २५ लाखको लगानी गरेको सो बेकरी मार्फत ग्राहकको मन जित्न सफल बने । फलस्वरुप पाँच वर्षको अवधिमा काठमाण्डौ बसुन्धरा, लाजिम्पाट हुदै पोखराको ओजन लन्ज बार नजिकै लेकसाइडमा चौथो शाखा सञ्चालन गरेका हुन् । पोखराको शाखामा मात्र झण्डै ५० लाख लगानी भएको ओझाले जनाए । चारवटै शाखामा झण्डै डेढ करोडको लगानी लागेको र २० जनाले प्रत्यक्ष रोजगार पाएको उनले जानकारी दिए ।

ब्रो बेकरी मार्फत गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइने उनले बताए । ‘अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हामिले दिन खोजेका छौ, हामी अर्डर गरेको २० मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ उनले भने । प्रतिफल पाउने आशामा लगानी थप्दै लगेका उनको अन्य ठाउँमा समेत शाखा विस्तार गर्ने योजना छ । ‘देशको अवस्थाले गर्दा कहिलेकाही गल्ति गरेकी भन्ने लागेपनि आगामी दिनमा अझ राम्रो हुनेमा आशावादी छु ।’ उनले भने । पोखरा शाखा मार्फत ग्राहकलाई इली कफीको स्वाद लिने व्यवस्था मिलाएका छन् । ‘इटालियन यो कफी काठमाण्डौ लाजिम्पाट र पोखरा शाखा मार्फत उपलब्ध गराएका छौँ ।’ उनले भने ।

कमेन्टहरु
Loading...