पोखरामा विन्धवासिनी २६ बस गुड्न थाले

पोखरा १ भदौ/सरकार सिण्डिकेटका विरुद्धमा उत्रिय पछि पोखरा नगर क्षेत्रमा बुधबार देखि विन्ध्यवासिनीका २६ वटा नयाँ बस गुड्न थालेका छन् । विन्ध्यावासिनी यातायात बस ब्यवसायी समिति अन्तर्गतका नयाँ बसहरु पोखराको सडकमा गुड्न थालेका हुन् ।

पोखरामा विन्धवासिनी २६ बस गुड्न थाले
पोखरामा विन्धवासिनी २६ बस गुड्न थाले

यसअघि तीनबटा बसबाट सेवा प्रदान गर्दै आएको समितिले २६ वटा नयाँ बस थप गरि सञ्चालनमा ल्याएको हो । समितिले ६ वटा रुटमा अनुमति पाए पछि बस सञ्चालन भएका हुन् । समितिको नयाँ बसलाई यातायात ब्यवस्था कार्यालय गण्डकीले साउन २१ ग्ते रुट ईजाजत प्रदान गरेको हो ।

समिति अन्तर्गत पोखराको सडकमा अब २९ वटा बस पुगेका छन् । समितिका बसहरु छोरेपाटन लामाचौर हदै भुनपुरे, छोरेपाटन महेन्द्रगुफा जयमुरे, भोटेचौतारा देखि जिरो हुदै म्याम्दी , खाल्टेमसिना देखि ट्याक्सीचोक हुदै सिम्पानी, आर्वालाखुरी देखि खहरे र मनिपाल देखि बेलघारी हुदै कृष्ती सम्म सञ्चालन हुनेछ ।

यसअघि पुरानो समितिले सेवा प्रदान गर्न नसकेका रुटमा सिधा बस सेवा प्रदान गर्ने गरी सञ्चालन सुरु गरेको समितिको भनाई छ । सचिव अधिकारीले बताए । समितिले गत बर्षको माघ १८ गते रुट ईजाजत प्राप्त गरी २२ गतेदेखि पोखराको सडकमा आफ्ना तीन गाडी गुडाउन सुरु गरेको थियो ।

कमेन्टहरु
Loading...