पेटको रोग निको पर्ने बिजयसालका भाडाँ औद्योगिक व्यापर मेलामा

पोखरा, १ माघ /कञ्चनपुरका मनिराज भट्ट यतिबेला पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा रहेका छन् । उनी बिजयसालबाट बनेका गिलास, अम्खोरा र ठेकीजस्ता सामानसहित पोखरा आएका हुन् । उनले २०६३ सालदेखि पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलामा स्टल राख्दै आएका छन् ।

‘बिजयसालबाट बनेको गिलासमा पानी खायो भने यसले पेटको रोग निको हुन्छ,यो परापूर्वकालदेखि चल्दै आएको आर्युवेदिक औषधी हो’, उनले भने,‘बेलुका राखेको पानी बिहान हेर्दा आकासे निलो र रातो हुन्छ,चिनी रोग, ग्याष्ट्रिक, अल्सर, जण्डिसदेखि हाडजोर्नी दुखेकाहरुलाई यो पानी खाएपछि ठीक हुन्छ भन्ने जनविश्वास रहेको छ ।’

तराईका फाँट र चुरे क्षेत्रमा पाइने बिजयसाललाई औषधीको रुपमा प्रयोग गरिन्छ । मनिराजले बिजयसालका भाँडा बनाउन सिके र यसको बिक्री गर्न थाले । ‘बेरोजगार किन बस्ने भनेर मैले आफै बिजयसालको भाँडा बनाउन सिकेँ, अहिले यही काम गरेर मैले महेन्द्रनगरमा घडेरी नै किँने’, कञ्चनपुरका मनिराज भट्टले भने,‘अहिले यसको माग बढेको छ ।’ उनले काठका अम्खोरा, गिलास र ठेकीलाई १२ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

कमेन्टहरु
Loading...