१५ औ भदौरे–पञ्चासे महोत्सव भोलिदेखि, तयारी पुरा

पोखरा ३ पुष । कास्कीको भदौरेतामागीमा भोलिदेखि सुरु हुने १५ औं भदौरे–पञ्चासे महोत्सबको तयारी पुरा भएको छ । भदौरे तामागी गाविस अन्तरगत वडा नं १ स्थित देउराली डांडामा पुष ८ गतेसम्म चल्ने महोत्सबको सबै तयारी पुरा भएको आयोजक भदौरे क्लवले जनाएको छ । महोत्सव अन्तरगत पुरुष भलिवल प्रतियोगिता, फुटबल प्रतियोगिता, लाईभ कन्सर्ट, विभिन्न साँस्कृतिक कार्यक्रम , गुरुङ् संग्रहालय प्रदर्शन, बाल उद्यान, र प्रांगारिक कृषिका प्रदर्शनी स्टलहरु रहने क्लवका अध्यक्ष आइनदल गुरुङ्ले जानकारी दिए ।

महोत्सब अबलोकनको लागि जानेहरुको सुबिधाको लागि होम स्टेको समेत ब्यबस्था मिलाईएको प्रचार संयोजक विवेक गुरुङ् बताए । स्थानिय प्राङ्गारिक उत्पादनका परिकारहरुको स्वाद समेत महोत्सवमा लिन पाईने भएको छ । महोत्सव सम्पन्न गर्न आइनदल गुरुङ्को संयोजकत्वमा गठन भएको २१ सदस्य समितिले तयारी पुरा गरेको आयोजकले जनाएको छ ।

स्थानियबासीको आर्थिक सहयोगमा महोत्सब आयोजना गरिएको हो । महोत्सवमा पोखरा देखि जानको लागि हरिचोक बाट जिपको व्यवस्था गरिएको आयोजकले बताएको छ । पोखरा देखि ३० किमि पश्चिम पञ्चासेको काखमा भदौरे गाँउ रहेको छ । पोखराबाट हेम्जा नाउडाँडा, पाउँदुर हुदै भदौरे पुग्न सकिन्छ ।

कमेन्टहरु
Loading...