मूल्य बढि लिएको भन्दै भाटभटेनीलाई ३ लाख जरिवाना

काठमाडौं, १५ वैशाख / भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा बढि लिएको भन्दै सरकारले जरिबाना गरेको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइए पछि कार्वाही गरेको हो ।

विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ । लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जारी राखेको छ ।

भाटभटेनीले १ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ ।

अमरावती खाद्य भण्डार कपनलाई दुई लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई एक लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । उनीहरुले बढी मूल्यमा बेच्ने, मुल्यसूची नराख्नेलगायतका कसुर गरेका थिए ।

कमेन्टहरु
Loading...