पोखराको पृथ्बीचोकमा बास्तोला कम्प्लेक्स

पोखरा, २१ असोज/पोखराको पृथ्वीचोकको खाली जग्गामा सस्तोमा उपभोक्ताहरुलाई सामग्री विक्रि वितरण गर्ने उद्देश्यले बास्तोला कम्प्लेक्स सुरु भएको छ । दशैको अवसर पारेर सञ्चालनमा ल्याएको कम्पलेक्समा ग्राहकहरुको बाक्लो उपस्थिती रहेको छ । कम्प्लेक्स दशैलाई लक्ष्त गरि मेला समेत आयोजना गरेको छ । १८ गते देखि सुरु भएको मेला २२ गते सम्म सञ्चालन हुनेछ ।

गुणस्तरीय सामान सस्तोमा उपलब्ध गराउने उद्देश्यले नै कम्प्लेक्स स्थापना गरि सञ्चालनमा ल्याएको कम्प्लेक्सका अध्यक्ष माधव बास्तोलाले जानकारी दिए । उनले करिव तीन करोडको लागतमा सञ्चलनमा आएको यस कम्प्लेक्स तीन सय २० वटा सटर रहेको जानकारी दिए । व्यपारीहरुले करिव २५ देखि ३० करोड सम्म व्यवसायिक लगानि गरेको बास्तोलाले जानकारी दिए ।

कम्प्लेक्स पोखराका युवा व्यवसायी माधव बास्तोला, वलराम बास्तोला, उमराज वास्तोला, र वावुराम आचार्यले सञ्चालनमा ल्याएका हुन् । कम्प्लेक्समा एकै छान मुनी सस्तो गुणस्तरीय समानको उपलब्ध, व्यवासयिकको लागि पसल विमाको व्यवस्था, सिसि क्यामरा, वाईफाईको व्यवस्था, थोक तथा खुद्रा व्यापार, २४ सै घण्टा सुरक्षाको व्यवस्था, प्रर्याप्त प्रार्किङको व्यवस्था, लाईट माईको व्यवस्था, आवश्यकता अनुसारको मेला एवम् साँस्कृति कार्यक्रमको व्यवस्था रहेको उनले बताए ।

मेलामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, वद्री पंगेनी, रामजी खाँड, खुमन अधिकारी, मिलन लामा, सम्झना लामिछाने मगर, जानकी तारगी मगर, प्रिती आले, शिव हमाल, लगाएत गण्डकी र कास्कीका चर्चित कलाकारहरुको प्रस्तुत रहको छ ।

कमेन्टहरु
Loading...