बास्तोला कम्प्लेक्स तिज मेलामा १ करोड ५२ लाखको कारोबार

पोखरा, ४ भाद्र /पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले १ करोड ५२ लाखको कारोबार गर्दै तिज ब्यापार मेला सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर भाद्र १ गते देखि सुरु भएको मेला ३ दिन सम्म चलेको थियो ।

मेला अबधिभर ६३ हजार दर्शकले मेलाको अबलोकन गरेको बास्तोला कम्प्लेक्स का संचालक उमराज बास्तोलाले जानाकारी दिए ।  मेलाको पोखरा लेखनाथ महानगर पालीका का वडा न ९ का अध्यक्ष रामराज लामिछानेले एक कार्यक्रमका बिच समापन गरे । कम्प्लेक्सले आगामी दिन पनि ब्यबसायीको आबश्यकतालाइ प्राथमिकतामा राखि मेला महोत्सव गर्ने कम्प्लेक्स का संचालक माधव बास्तोलाले बताए ।

मेला अबधिभर चर्चित लोक दाहोरी गाएक पशुपति शर्मा, राम्जी पौडेल, कृष्ण सुबेदी ,प्रदिप त्रिपाठी ,तुलसा जिसी , मन्जु विक, माया गुरुङ्ग,लक्ष्मी बानिया,मिठु झा ,सुनिता नेपाली ,लगाएतका स्थानिय ख्याति प्राप्प कलाकारले दर्शकलाइ तिजको गितमा छमछम नचाएका थिए ।

पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि सुन सम्म जिरा देखी हिरा सम्म पाइने बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए ।

कमेन्टहरु
Loading...