बास्तोला कम्प्लेक्स ब्यबसायी समितिद्धारा संचालित चिठ्ठाको नजिता सार्बजनिक

पोखरा, १० असार /पोखराको पृथ्वी चोकमा रहेको बास्तोला कम्प्लेक्स ब्यबसायी समिति द्धारा आयोजना गरेको चिठ्ठाको नतिजा सार्बजनिक गरेको छ ।

चिठा नतिजाबाट प्रथम पुरस्कार चिठ्ठा नम्बर २२६५का एकराज पोखरेल ३२ इनचको एल इडि टिभी , द्धितिय पुरस्कार चिठ्ठा नम्बर ६९९९का किसान गुरुङ्गले फ्रिज , तृतिय पुरस्कार चिठ्ठा नम्बर ८९७५का कृष्ण प्रसाद तिवारीले दराज , तृतिय पुरस्कार अर्कोमा चिठ्ठा नम्बर १७३० का सिताले दराज चौथो पुरस्कार चिठ्ठा नम्बर ८२३७मनमाया गु्रुङ्ग , चिठ्ठा नम्बर ३५४६ का रामहरि प्रसाद तिमिल्सिना, चिठ्ठा नम्बर १४९८का केन्जन घलले मोबाइल पाएका छन् ।

चिठ्ठाको नतिजाबाट प्रथम द्धितिय तृतिय र चौथो सहित १८ जनाले अन्य पुरस्कार पाएका छन् । चिठ्ठाको नतिजा कार्यक्रमको उद्घाटन गर्दै पोलेमनपा वडा नं ९ का वडा अध्यक्ष राम राज लामिछानेले ब्यबसायीले गरेको हरेक काममा आफ्नो पुर्ण समर्थन रहेको बताए । बास्तोला कम्प्लेक्स भित्र रहेको पसलहरुबाट रु २०० भन्दा माथीको सामान किनेपछि कुपन दिइएको थियो । चिठ्ठा कार्यक्रम बैशाख १ देखि संचालन भएको थियो ।

चिठ्ठामा १२हजार ग्राहकले सहभागिता जनाएको समितिका कोषाध्यक्ष ओम बोगटीले जानाकारी दिए । बास्तोला कम्प्लेक्स ब्यबसायी समितिका अध्यक्ष जेबी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा चिप्लेढुंगा मिनि मार्केटका सचिव इन्द्र बहादुर कार्की बास्तोला कम्प्लेक्स ब्यबसायी समितिका सचिव राम प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।

कार्यक्रको संचालन बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले गरेका थिए । बास्तोला कम्प्लेक्समा ३२० सटरहरु रहेका छन् । स्थानिय युवा ब्यबसायी माधव बास्तोला, बलराम बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्यले करिब ५ करोडको लगानीमा असोज देखि संचालनमा आएको हो ।

कमेन्टहरु
Loading...