बास्तोला कम्प्लेक्स सस्तो मेलामा घुईचो

पोखरा, १९ असोज। पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्समा आयोजित सस्तो व्यापार मेला–२०७३ मा बुधबार दर्शकको घुईचो लागेको छ। मनोरञ्जनसँगै दसैका अत्यावश्यक सामाग्रीहरु समेत उपलब्ध भएका कारण मेलामा दर्शकको घुईचो लागेको हो।

विजयादशमी तथा शुभ दिपावलीको अवसरमा उपभोक्ताको सहजताका लागि मेला आयोजना गरिएको हो। मेलामा प्रत्यक दिन चर्चित हाँस्य तथा लोकदोहोरी कलाकारको प्रस्तुती रहने छ। मेलामा मातृशक्ति गृहणी नृत्य प्रतियोगिता समेत राखिएको छ। प्रवेश निशुल्क राखिएको सो मेलामा सहभागि दर्शकले दुई सय बराबरको सामान किने एउटा कुपन दिई भाग्यशाली ग्राहक एवम् दर्शकलाई च्याङ्ग्रा उपहार प्रदान गरिने छ।

मेला अवधिभर प्रति दिन ५० लाख भन्दा माथिको कारोवार हुने अपेक्षा गरिएको सञ्चालक उमराज बास्तोलाले बताए।
बुधबार पूर्व उद्योग मन्त्री महेश बस्नेतले पनि मेलामा सहभागिता जनाएका थिए। उनले बास्तोला कम्प्लेक्सलाई प्रदेश नं ४ कै नमुना बजार बनाउने गरी काम गर्न आग्रह गरे।

कमेन्टहरु
Loading...