पृथ्बीचोकको बास्तोला कम्प्लेक्समा सस्तो व्यापार मेला हुने

पोखरा, १४ असोज /पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्सको उद्घाटनको अवसरमा सस्तो व्यापार मेला–२०७३ हुने भएको छ। बास्तोला कम्प्लेक्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि असोज १८ गते देखि २२ गते सम्म मेलाको आयोजना गर्न लागिएको जनाकारी दिएको हो।

गुणस्तरीय सामान सस्तोमा उपलब्ध गराउने उद्देश्यले नै कम्प्लेक्स स्थापना गरिएको कम्प्लेक्सका माधव बास्तोलाले जानकारी दिए। कम्प्लेक्स प्रा·णमा नै आयोजना गर्न लागिएको सो मेलामा चर्चित हास्य तथा लोकदोहोरी कलाकारको प्रस्तुती रहने छ।
मेलामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, वद्री पंगेनी, रामजी खाँड, खुमन अधिकारी, मिलन लामा, सम्झना लामिछाने मगर, जानकी तारगी मगर, प्रिती आले, शिव हमाल, लगाएत गण्डकी र कास्कीका चर्चित कलाकारहरुको प्रस्तुत रहने बास्तोलाले जानकारी दिए।

पृथ्बीचोकको बास्तोला कम्प्लेक्समा सस्तो व्यापार मेला हुने
पृथ्बीचोकको बास्तोला कम्प्लेक्समा सस्तो व्यापार मेला हुने

त्यसैगरी हास्य कलाकार तर्फ राजा राजेन्द्र, पुर्खे वा, खासखुस युनिट, एस जोडी, पोखरेली ध्रुर्मुसे र माग्ने बुढा, जादुकर वलराम सरकार र आधुनिक, पप, फिल्मी गायीका डान्सर एवम् मोडल सहिमा श्रेष्ठको पनि प्रस्तुती रहने छ। मेलामा मातृशक्ति गृहणी नृत्य प्रतियोगिता समेत राखिएको छ। प्रवेश निशुल्क राखिएको सो मेलामा सहभागि दर्शकले दुई सय वरावरको सामान किने एउटा कुपन दिई समामान भाग्यशाली ग्राहक एवम् दर्शकलाई च्याङ्ग्रा उपाहार प्रदान गरिने आयोजकले जनाएको छ।

मेलामा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागतका साथै विशेष सहयोगी व्यक्तित्व, पहिलो पसल धनी र उत्कृष्ट पसल सजावटलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ। करिव तीन करोडको लागतमा सञ्चलनमा आएको यस कम्प्लेक्स तीन सय २० वटा सटर रहेका छन। करिव २५ देखि ३० करोड सम्म व्यवसायिक लगानिएको यस कम्प्लेक्समा मेला अवधिभर प्रति दिन ५० लाख भन्दा माथिको कारोवार हुने अपेक्षा गरिएको छ।

कम्प्लेक्स पोखराका युवा व्यवसायी माधव बास्तोला, वलराम बास्तोला, उमराज वास्तोला, र वावुराम आचार्यले सञ्चालनमा ल्याएका हुन्। कम्प्लेक्समाक एक छान मुनी सस्तो गुणस्तरीय समानको उपलब्ध, व्यवासयिकको लागि पसल विमाको व्यवस्था, सिसि क्यामरा वाईफाईको व्यवस्था, थोक तथा खुद्रा व्यापार, २४ सै घण्टा सुरक्षाको व्यवस्था, प्रर्याप्त प्रार्किङको व्यवस्था, लाईट माईको व्यवस्था, आवश्यकता अनुसारको मेला एवम् साँस्कृति कार्यक्रमको व्यवस्था, सम्पूर्ण बैकिं· सुविधा रहेको छ।

कम्प्लेसको विरोध गर्दै आएको प्रसंगमा सञ्चालक माधव बास्तोलाले विरोधको कुनै तुक नरहेको बताए। यो वजार आफ्नै जग्गामा, सवै कानुनी प्रक्रिया पुरा गरेर थोक तथा खुद्रा वजराको रुपमा सञ्चालन गरेका हौ बास्तोलाले भने–कानुनी प्रक्रिया सवै पुरा गरेकोले विरोधको कुनै तुक छैन। कार्यक्रम सञ्चालन वरिष्ठ उद्घोषक नेत्रपाणी बास्तोलाले गरेका थिए।

कमेन्टहरु
Loading...