बारपाकमा एनआइसीको १ सय २० जना विद्यार्थीलाई शैक्षिक सामग्री

गोरखा, १९ चैत / एनआइसी एसिया बैंकले गोरखाको बारपाकमा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु सुलिकोट गाउँपालिका १ बारपाकका स्थानीयबासीलाई वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

बैंकको गोरखा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । वित्तीय साक्षरता तालिममा स्थानीय सर्वसाधरणको उपस्थिति रहेको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए । रिजनल सेल्स अफिसर तारानाथ पौडेलले तालिम दिएका थिए । बचत कसरी गर्ने, बचत गर्दाका फाइदा लगायत विषयमा तालिम दिइएको पौडेलले जानकारी दिए ।

साथै बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै बारपाककै हिमालयन माविका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण छ । १ सय २० जना विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच शैक्षिक सामग्री वितरण गरिएको गोरखा शाखा प्रवन्धक राजेन्द्र पुडासैनी जानकारी दिए ।

कमेन्टहरु
Loading...