३ फाइनाइन्स खारेज, ७ वटा समस्याग्रस्त

रमेश घिमिरे

२७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले संख्यात्मक रुपमा वित्तीय संस्था कम र पुाजी आधार धेरै बनाउने उदेश्यले जारी गरेको मर्जर निर्देशिकाअनुसार अधिकांशतः कमजोर संस्था मर्जरमा आकषिर्त भएको पाइएको छ । यही असारभित्र तोकिएको पुाजी पुर्‍याउन नसकेमा राष्ट्र बैंकको कारबाहीमा पर्ने भएपछि कमजोर संस्थाहरु गाभिने क्रम बढेको हो ।

nepal-rastra-bank-NRBमर्ज गर्ने कम्पनीको हकमा राष्ट्र बैंकले एकदेखि तीन वर्षको लागि विभिन्न छुट दिएको छ । मर्जबाट चुक्ता पुाजी पुगेमा पुाजीकोष अनुपात, खराब कर्जा अनुपात, कर्जा निक्षेप अनुपात, सेयर संरचनालगायतका विभिन्न विषयमा मापदण्ड नपुर्‍याए पनि हुने व्यवस्था गरिएको छ । सञ्चालकहरुको व्यक्तिगत बद्मासीलाई भने मर्जले कारबाही मुक्त नगरेको भए पनि केन्द्रीय बैंकले सहानुभूति राख्ने गरेको छ ।

कमजोर संस्थाहरुको मर्जरले वित्तीय क्षेत्रको वास्तविक समस्या समाधान नहुने विज्ञहरुको राय छ । यसले समस्यालाई पछि धकेल्दै र थुपार्दै जाने भएकाले झ्न घातक हुने उनीहरुको भनाइ छ । विघटन वा खारेज गर्नुपर्ने अवस्थामा पुगेका संस्थालाई राष्ट्र बैंकले मर्जमार्फत पुनर्जीवन दिने नीति लिएको छ । उस्तै कमजोर संस्था मर्ज हुादा जोखिम केही पनि न्यूनीकरण हुन सक्दैन भने प्रवर्द्धकहरुबीच स्वार्थको द्वन्द्वले झन् समस्या सिर्जना गर्दछ । जबकि एउटा सक्षम वाणिज्य बैंकमा ४/५ वटा कमजोर वित्तीय संस्था विलय हुने हो भने पनि कुनै जोखिम हुादैन ।

कमजोर संस्थाहरु मर्ज हुने र पहिलेकै व्यवस्थानले भाग लगाएर बैंक सञ्चालन गर्दा सुधारको सम्भावना अझ घट्ने विज्ञहरु बताउाछन् । राष्ट्र बैंकले सबै प्रकारका संस्थालाई मर्जरसम्बन्धी एउटै व्यवस्था लागू गर्न नहुने उनीहरुको तर्क छ । कमजोर संस्था मर्जपछि प्रोफेसनल व्यवस्थापनलाई हस्तान्तरण गर्ने शर्तमा मात्र मर्जरको अनुमति दिनुपर्ने उनीहरुको भनाइ छ ।

बैंकिङ प्रणाली बलियो बनाउन र वित्तीय स्थायित्व कायम गर्न बलिया बैंकहरुलाई मर्जरको लागि प्रोत्साहन गर्ने नीति लिनु जरुरी देखिन्छ । समग्र आर्थिक विकासको लागि बैंकिंग प्रणालीलाई बलियो बनाउन सरकार सााच्चै अग्रसर भएको हो भने केही त्याग गर्न पनि तयार हुनुपर्छ । यसका लागि बैंकरबाट मर्जपछिको पााच वर्ष आयकरमा केही छुट दिनुपर्ने माग रहेको छ । मर्ज गर्दा बैंकहरुको लागत वृद्धि हुने हुादा सरकारले सहुलियत दिनु तर्कसंगत हुने उनीहरुको दाबी छ ।

मर्ज भएका कम्पनीको अवस्था

हालसम्म मर्ज भएका र हुने क्रममा रहेका बैंक वित्तीय संस्थाको संख्या हेर्दा ७० कम्पनी गाभिएर ३० वटामा सीमित हुने देखिन्छ । त्यसमध्ये अधिकांशतः कमजोर संस्थाहरुबीच नै मर्ज भएको छ । त्यसपछि सक्षम ठूलो संस्थामा साना कम्पनी गाभिएका छन् भने वित्तीय स्वास्थ्य सबल रहेका कम्पनी आपसमा गाभिएका घटना अत्यन्तै न्यून छन् ।

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त ३२ वटा वाणिज्य बैंक यथावत सञ्चालन भइरहेका छन् तर ८८ विकास बैंक र ७० फाइनान्स कम्पनीमध्ये तीन वटा खारेज र ७ वटा समस्याग्रस्त घोषित छन् । पहिलो मर्जरको उदाहरण प्रस्तुत गर्ने संस्थाहरु नारायणी फाइनान्स र नेसनल फाइनान्स हुन् । त्यसपछि हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स मर्ज भई एच एण्ड डी डेभलपमेन्ट बैंक बनेको हो । यी संस्थाहरुमा व्यवस्थापन र वित्तीय सूचकको अवस्था पहिले जस्तै छ ।

उल्लेखित चार संस्थापछि मर्जको प्रस्ताव साधारणसभाबाट पारित गर्ने लहर नै चलेको थियो । काष्ठमाण्डप डेभलपमेन्ट बैंक र शिखर फाइनान्स मर्ज भई काष्ठमाण्डप डेभलपमेन्ट बैंक, क्षेत्रीय स्तरको आईडी बैंक र स्वस्तिक फाइनान्स मर्ज भएर राष्ट्रिय स्तरको आईडी बैंक, क्षेत्रीय स्तरको बिजनेश डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स मर्ज भई राष्ट्रिय स्तरको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, क्षेत्रीय स्तरको अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स मर्ज भई राष्ट्रिय स्तरको सुपि्रम डेभलपमेन्ट बैंक बनेका छन् ।

यस्तै, माछापुच्छ्रे बैंक र स्टेण्डर्ड फाइनान्स मर्ज भएर माछापुच्छ्रे बैंक बनेको छ । रुसी गैर आवासीय नेपालीले लगानी थप गरी भएको यो मर्जपछि पहिलेका दुई संस्थाको संयुक्त स्थितिभन्दा अहिलेको स्थिति राम्रो देखिएको छ । यस्तै, मर्जपछि पहिलेको कमजोर पक्ष अन्त्य भएको अर्काे उदाहरण ग्लोबल आईएमई बैंक हो । यसको मर्जरमा आईएमई फाइनान्स ग्लोबलभन्दा सक्षम नै थियो भने कमजोर लर्डबुद्धको अधिकांश सेयर ग्लोबलकै प्रवर्द्धकले किनेका थिए ।

क्षेत्रीय स्तरको पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक मिलेर राष्ट्रिय स्तरको विकास बैंक बनेको छ । धितो बलियो भए पनि नगदमा कर्जा असुली हुन नसकेर तरलताको चरम समस्यामा परेको विभोर विकास बैंक र ज्योति समूहद्वारा प्रवर्द्धित सानो कम्पनी भाजुरत्न फाइनान्स पनि मर्ज भएका थिए । यसैगरी, शाइन डेभलपमेन्ट बैंक र रेसुङा विकास बैंक मिलेर १० जिल्ले शाइन रेसुङा डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स र गोर्खा फाइनान्स मिलेर प्रुडेन्सियल फाइनान्स बनेका छन् ।

अपेक्षित बिजनेश बढाउने नसके पनि वित्तीय स्वाथ्य राम्रो रहेका मानिने एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंकको मर्जर टुंगोमा पुग्न सकेन । दुई बैंकबीच गहन छलफलपछि मर्ज गर्ने समझदारी बनेको थियो । औपचारिक समझदारीमा हस्ताक्षर गर्नको लागि भएको आन्तरिक तयारी लम्बिंदै जाादा मर्जरको प्रसंग नै हराएर गयो । स्थापित वाणिज्य बैंक एनआईसी र कान्छो पुस्ताको बैंक बैंक अफ एसिया मर्ज भएर एनआईसी एसिया बैंक बनेको छ । यी बैंक एउटै प्रवर्द्धकबाट सञ्चालित भएकाले मर्ज सहज भएको हो ।

पि्रमियर फाइनान्स र इम्पेरियल फाइनान्स मर्ज भई पि्रमियम इम्पेरियल फाइनान्स तथा दियालो विकास बैंक र प्रोफेसनल विकास बैंक मर्ज भई १० जिल्ले दियालो प्रोफेसनल विकास बैंक बन्ने प्रक्रियामा रहेका छन् । यस्तै, काठमाडौं फाइनान्स र सिभिल फाइनान्स तथा रोयल मर्चेन्ट फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्सले पनि मर्जका लागि राष्ट्र बैंकका सैद्धान्तिक सहमति लिएका छन् ।

मर्जरको लागि जोडी मिलाउने अरु कम्पनीमा अरनिको डेभलपमेन्ट बैंक र सूर्य डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र पाटन फाइनान्स, एनईडिपी बैंक र हामा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक र पब्लिक डेभलपमेन्ट बैंक, सांगि्रला डेभलपमेन्ट बैंक र बागेश्वरी विकास बैंक, सगरमाथा फाइनान्स र रिलायन्स फाइनान्स, विराटलक्ष्मी विकास बैंक र खाँदबारी विकास बैंक रहेका छन् । यस्तै, प्रभु फाइनान्ससाग समवृद्धि विकास बैंक र वैभव फाइनान्सले मर्ज गर्न प्रक्रिया अघि बढाएका छन् ।

दुई संस्था मर्जपछि गठन भएको विभोर विकास बैंक पुनः किष्ट बैंकसाग मर्ज हुने प्रक्रियामा रहेको छ भने ग्लोबल आईएमई बैंकले सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकलाई मर्ज गर्ने भएको छ । दुई संस्था मर्ज भएरै बनेको आईडी बैंक पनि पुनः चार संस्थाको मर्जमा सामेल भएको छ । मनकामना विकास बैंक, आईडी, भ्याली फाइनान्स र यती फाइनान्स पनि यही असारमै एक हुने तयारीमा छन् ।

कमजोर संस्थाबीच मर्ज हुादा देखिएको मुख्य फाइदा नेटवर्क विस्तार भई थप लागतबिना बिजनेश बढाउने अवसर प्राप्त हुनु हो । यो अवसरलाई समाप्त पनि व्यावसायिक र चुस्त व्यवस्थापन अपरिहार्य हुन्छ । जति वित्तीय संस्था संचालनमा रहन्छन्, तिनले निक्षेपको सुरक्षा, प्रणालीको स्थायित्व र लगानीकर्तालाई प्रतिफल दिनसक्ने हैसियत कायम गर्ने गरी उपयुक्त नीतिगत निर्णय लिन केन्द्रीय बैंक चुक्नु हुन्न ।

– See more at: http://www.onlinekhabar.com/2013/06/80472/#sthash.BdPCYYmE.dpuf

कमेन्टहरु
Loading...