पोखराको पर्यटन प्रर्बधन गर्न व्यवासी बंगाल मार्टमा

पोखरा, ४ फागुन/पोखरा पर्यटन प्रर्वधन गर्न पोखराका पर्यटन व्यावसायी बंगाल ट्राभल्स मार्टमा सहभागी भएका छन् । भारतको सिल्गुरीमा हुने बंगाल मार्टमा पोखराका १६ जना व्यवसायीहरु सहभागी भएका हुन् । विभिन्न देशका पर्यटन व्यासायीहरु सहभागी हुने ट्राभल्स मार्टमा पोखराका होटल, टान, नाट्टा, रेवान लगाएतका संघ संस्थाबाट पोखरा पर्यटन परिषदको संयोजनमा सहभागी भएका हुन् ।

ट्राभल्स मार्टमा सहभागी हुन जाने टोलीलाई बिहीबार प्रदेश सांसद राजिब पहारीले विदाइ गरे । विदाइ कार्यक्रममा बोल्दै पहारीले मार्टले पोखराको पर्यटन विकासले टेवा पु¥याउने बनाए । उनले पोखरा विश्व कै अदितिय प्राकृतीक ठाउँ भएको बताए । यसको संरक्षण गर्न सबै लाग्नु पर्ने उनको भनाई थियो । उनले विश्वको उत्कृष्ट ताल फेवातालको माटो झिकेर अझ ठुलो बनाउने बनाउने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरत पराजुली लगाएतले विदाई गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको पर्यटन प्रर्बधन गर्न परिषद्ले अघिल्लो वर्षहरु देखि नै विभिन्न प्रर्बधनका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्ने बताए । उनले पर्यटन विकासका लागि प्रर्बधन नै पहिलो प्रथामीकता रहेको बताए ।

कार्यक्रमका संयोजक तथा टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरी भुजेलले मार्टमा बंगालका मात्रै नभई भारतका सबै ठाँउका पर्यटन व्यवसायी र अन्य देशका व्यवासायी समेत सहभागी हुने भएका कारण पोखराको पर्यटन प्रर्वधन गर्न सहज हुने बताए । उनले अघिल्लो वर्षमा सहभागी हुदाँको प्रभाव कारीतालाई हेरेर यस वर्ष पनि ट्राभल्स मार्टमा सहभागीता जनाएको उनको भनाई थियो ।

ट्राभल्स मार्टमा सहभागी हुन पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, कार्यक्रम संयोजक हरी भुजेल, नाट्टा क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोखरेल, निवर्तमान अध्यष दिल गौतम, महासचिब हरिराम अधिकारी, सदस्य राजेश पहारी, विश्वराज आचार्य, नेपाल हवाई खेलकुद संस्थाका सचिब इन्द्रप्रसाद भण्डारी, रेवानका सचिब गणेश थापा, एगाका सचिब सिताराम भट्ट, मुद्रा सटही संगठनका कोषाध्यक्ष दिपक पौडेल, टान सदस्य मिलन तिवारी, महिला पर्यटन व्यवसाय मञ्चकी सदस्य शारदा भुजेल, पर्यटन यातायात समिति प्रकाश कुमार श्रेष्ठ, होटलका मोहदत्त भुसाल सहभागी भएका छन् ।

कमेन्टहरु
Loading...