बंगाल ट्राभल्स मार्टमा पोखराको प्रचारप्रसार गरे व्यवासायी पोखरामा, ट्राभल्स मार्ट गर्ने घोषणा

पोखरा, ९ फागुन /पोखरामा पर्यटन प्रर्वधन गर्न भारतको सिल्गुरी पुगेका पोखराका पर्यटन व्यवसायीले नेपाल र पोखराका पर्यटकीयस्थलका बारेमा जानकारी पोखरा फर्किएका छन् । पोखरा, काठमाडौ र पुर्वका पर्यटन व्यावसायी भारतको सिल्गुरीमा सञ्चालन भएको बंगाल ट्राभल्स मार्टमा सहभागी हुदै नेपालका पर्यटकीय स्थलका बारेमा जानकारी दिएर फर्किएका हुन् । उनीहरुले भारत, बंगलादेश, भुटान लगाएतका देशका व्यवसायी मार्फत नेपालमा पर्यटकीय स्थलका बारेमा जानकारी दिए ।

बंगाल मार्टमा पोखराका १६ जना पर्यटन व्यवसायीहरु, नाट्टा पुर्वाञ्चल, काठमाडौबाट मार्टमा सहभागीता जनाएका थिए । विभिन्न देशका पर्यटन व्यासायीहरु सहभागी भएको ट्राभल्स मार्टमा पोखराका होटल, टान, नाट्टा, रेवान लगाएतका संघ संस्थाहरु नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको संयोजनमा सहभागी भएका हुन् ।

कार्यक्रम अन्तरगत नेपाल नाइटमा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुखका सुर्य थपलियाले पोखरामा पनि ट्राभल्स मार्ट गर्ने बताए । उनले नेपालको पर्यटनका विकासका लागि ट्राभल्स मार्ट आवश्यक रहेको भन्दै ट्राभल्स मार्टबाट नेपालका प्रचारप्रसाद विदेश सम्म गर्न सकिने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखरा विश्व कै प्राकृतिक रुपमा उत्कृष्ट ठाउँ भएको बताए । उनले विभन्न देशबाट आएका ट्राभल्स एजेन्टहरुलाई पोखराको भ्रमण गर्ने र अन्य पर्यटकलाई पठाउन अनुरोध गरे ।

कार्यक्रमका पोखराका संयोजक तथा टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरी भुजेलले पोखरा मात्रै नभएर ग्रेटर पोखरा नै पर्यटका लागि उत्कृष्ट रहेको बताए । उनले धार्मिक, प्राकृती दुबै पक्षबाट पोखरा र त्यस वरपरको क्षेत्र विश्वलाई नै चकित पर्ने खालको भएको उल्लेख गरे । उनले यस क्षेत्रमा मुक्तीनाथ, विन्ध्यबासीनि, मनकामना लगाएतका मन्दिरहरु विश्वमा नै चर्चामा रहेको बताए । उनले तनुहँ बेदव्यासको स्थल भएको भन्दै बेदका हिन्दु धर्मलम्बिहरुका लागि महत्वपुर्ण स्थल रहेको उल्लेख गरे । उनले नेपालका पोखरा र नेपालको प्रचारप्रसारमा मार्टले सहयोगि भएको बताए । मार्टमा बिटुबि बैठक, प्रत्येक्ष ग्राहक सगँ छलफल भएका कारण पोखराका र नेपालका बारेमा धेरै भन्दा धेरै जानकारी दिए सफल भएको उनको भनाई थियो ।

ट्राभल्स मार्टमा सहभागी हुन पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, कार्यक्रम संयोजक हरी भुजेल, नाट्टा क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोखरेल, निवर्तमान अध्यष दिल गौतम, महासचिब हरिराम अधिकारी, सदस्य राजेश पहारी, विश्वराज आचार्य, नेपाल हवाई खेलकुद संस्थाका सचिब इन्द्रप्रसाद भण्डारी, रेवानका सचिब गणेश थापा, एगाका सचिब सिताराम भट्ट, मुद्रा सटही संगठनका कोषाध्यक्ष दिपक पौडेल, टान सदस्य मिलन तिवारी, महिला पर्यटन व्यवसाय मञ्चकी सदस्य शारदा भुजेल, पर्यटन यातायात समिति प्रकाश कुमार श्रेष्ठ, होटलका मोहदत्त भुसाल सहभागी भएका छन् ।

 

कमेन्टहरु
Loading...