कंक्रिट तथा ब्लक उद्योगहरु संगठित

पोखरा, १९ माघ/कास्की जिल्लाका कंक्रिट तथा ब्लक उद्योगहरु संगठित भएका छन् । व्यवसायलाइ व्यवस्थित बनाउने उद्देश्यसहित उनीहरु संगठित भएका हुन् । उनीहरुले पहिलो चरणमा तदर्थ समिति गठन गरि संगठनात्मक रुपमा कार्य अगाडि बढाएका छन् ।पोखरा कंक्रिट ब्लक उद्योग संघको ९ सदस्यीय तदर्थ समितिको अध्यक्षमा अनामराज शर्मा रहेका छन् । समितिको सचिवमा प्रदिप गुरुङ र कोषाध्यक्षमा सन्तोष सिग्देल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा बसन्तराज आचार्य, जीवन ढुंगाना र लोकेन्द्र बराल रहेका छन् । तीन सदस्य पछि थप्ने गरि तदर्थ समिति गठन भएको अध्यक्ष अनामराज शर्माले जानकारी दिए ।समितिको सल्लाहकारहरुमा युवराज शर्मा, विजयनाथ बाँस्तोला र पुण्यप्रसाद बराल रहेका छन् । पहिलो चरणमा ४० वटा कंक्रिट तथा ब्लक उद्योगहरु संगठित भएका छन् । ‘हामीले सकेसम्म सबै उद्योगहरुलाई संगठनभित्र समेट्ने प्रयास गरिराखेका छौँ ।’ अध्यक्ष शर्माले भने ।

ब्लकबाट वातावरणमैत्री र गुणस्तरिय संरचना निर्माणको बारेमा जनचेतना फैलाउने संघको पहिलो चरणको कार्यक्रम रहेको अध्यक्ष शर्माले सुनाए । ब्लकले सस्तो मुल्यमा गुणस्तरिय संरचना निर्माण गर्न सकिने उनले दाबी गरे । हाल आवासका लागि बन्ने संरचनाहरुमा ईट्टाको प्रयोग हुँदै आएको छ । तर संघले ईट्टा वातावरणका लागि बढि हानीकारक भएको भन्दै ब्लकबाट आवास संरचना निर्माणको लागि प्रोत्साहने गर्ने योजना बनाएको छ ।

कमेन्टहरु
Loading...