अग्रेजी नयाँ बर्षमा बेगनास तालमा पर्यटकलाई स्वागत

पोखरा, १७ पुस /अग्रेजी नयाँ बर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ को बेगनास युवा क्लवले बेगनास क्षेत्रमा घुम्न आएका पहिलो ६ जना पर्यटकलाई स्वागत गरेको छ । क्लवले विहान बेगनास क्षेत्रमा प्रवेश गरेका ६ जना पर्यटकलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष कमल वहादुर थापाले माला, खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।

त्यस अवसमा अध्यक्ष थापाले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लवले राम्रो सन्देश प्रवाह गरेको भन्दै, आगामी दिनमा अझ ससक्त कार्यक्रम ल्याउन आग्रह गरे । क्लवका अध्यक्ष राम वहादुर रानाभाटले सन् १९९८ मा नेपाल भ्रमण बर्षका अवसरमा क्लवले विभिन्न कार्यक्रम आयोजना गरेको स्मरण गर्दै, सन् २०१८ भरि आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गतिविधि गर्ने प्रतिवद्धता जनाए ।

नेपालमा घुम्न आउँदा आकस्मीक रुपमा पाएको न्यायो स्वागत आफुहरुका लागि खुशीको क्षण भएको थाई पर्यटक पसीरी निसालकले बताए, साथै उनले नेपालीहरु सहयोगी तथा दयालु भएको समेत बताए । क्लवले स्वागत गरेका पर्यटकहरुमा थाइल्याण्डका ६ जना रहेका थिए । क्लवका सदस्य र बेगनास महिला समूहका सदस्यहरुले पर्यटकलाई स्वागत गरेका थिए ।

अधिकारी र कोइरालालाई स्वागत

यसैगरी बेगनास युवा क्लवले कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश क्षेत्र नम्बर १ अन्र्तगत १ नम्बरका सांसद दिपक कोइरालाई स्वागत गरेका छन् । उनिहरुलाई क्लवका अध्यक्ष रामवहादुर रानाभाट तथा सदस्यहरुले स्वागत गरेका थिए ।

त्यसका क्रममा सांसद अधिकारीले बेगनास क्षेत्रको विकासका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । यसैगरी सांसद कोइरालाले प्रदेशको मुख्यमन्त्रीको कार्यालय लेखनाथमा राख्नका लागि आफुहरुले लविङ गरिरहेको बताएका थिए ।

कमेन्टहरु
Loading...