बागलुङ्ग सहकारीका सदस्यलाई क्षमता विकास तथा तनाव व्यवस्थापन तालिम

पोखरा, १ जेठ/ बागलुङ्ग बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संस्थाका सदस्यहरु लागि १ दिवसीय क्षमता विकास तथा तनाव व्यवस्थापनको तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवीरमण तिवारीले संस्थाका हरेक सदस्यका लागि क्षमता विकास र तनाव व्यवस्थापन तालिम अपरीहार्य रहेको बताए । आफ्नो क्षमताको पहिचान गरेर अघि बढ्न सके सफल भइने भन्दै कुनैपनि कामलाई तनाव लिएर होइन आनन्द लिएर गर्न सके निर्दिष्ट उद्देश्य हासिल हुने उनको भनाइ थियो ।

ब्रम्हमाकुमारी वैदाम शाखा सञ्चालिका ब्रम्हकुमारी पुनम दिदीले व्यस्त जीवनशैलीले धेरैमा तनाव उत्पन्न हुन गई अस्वस्थ जीवन बाँच्नु परेको यथार्थ औल्याइन् । आन्तरिक शक्तिको उजागार गर्न नसक्दा मानिले आफ्नो खुशी र आनन्दको गुमाइरहेको उनको भनाइ थियो ।

सहकारी संस्थाका अध्यक्ष कमला गिरीले सहकारीले व्यवसायिकतालाइ मात्रै नहेरी सदस्यहरुको क्षमता विकासलाई पनि ध्यान दिदै कार्यक्रम गरेको बताइन् । हरेक क्षेत्रमा सफल हुन क्षमताको पहिचान र खुशीको स्रोत आवश्यक हुने भएकाले सदस्यलाई उक्त तालिम प्रदान गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठ, वडा नं ६ का वडा सदस्य हरी पहारी, सहकारीका लेखा समिति संयोजक थानेश्वर पौडेल, शिक्षा समिति संयोजक कृष्ण पौडल लगायतले तालिमको महत्वको बारेमा आफ्नो धारणा राखेका थिए ।

तालिममा क्षमता विकास र तनाव व्यवस्थापनका विषयमा प्रखर प्रशिक्षक माइण्ड क्यामेष्ट्रिक रिसर्च पर्सन, स्कुल अफ ह्याप्पीनेसका संस्थापक एवं इन्टरनेशनल मोटिभेसनल स्पीकर हरी सिटौलाले सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...