बगर भाई खलकको देउसी भैलीबाट ५ लाख बढि रकम संकलन

पोखरा ६ कात्तिक /खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखराको बगर भाई खलकले आयोजना गरेको देउसी भैली कार्यक्रम बाट ५ लाख भन्दा बढि रकम संकलन भएको छ । हिन्दु नेपालीहरुको महान चाड तिहारको अबसर पारेर पोखराको दिप गार्डेन रेष्टुरेण्ट एण्ड बारमा आयोजना गरेको देउसी भैलो तथा सास्कृतिक कार्यक्रमबाट ५ लाख २ हजार ९ सय पन्ध्र रुपैया संकलन भएको हो ।

पोखरामा भेट्रान फुटबल प्रतियोगिताको आयोजना गरी आफ्नो छुट्टै गरिमा बनाउन सफल बगर भाई खलकद्धारा आयोजित देउसी भैलो तथा सास्कृतिक कार्यक्रममा मुस्ताङका निर्माण ब्यबसायी तथा राजनितिज्ञ प्रेम प्रसाद तुलाचन प्रमुख अतिथि रहेका थिए । सोही अबसरमा बोल्दै तुलाचनले खेलकुद तथा सामाजिक क्षेत्रमा सकरात्मक कार्य गरी छुट्टै छबि जमाउन सफल बगर भाई खलकको सास्कृतिक कार्यक्रमले आपसी सद्भाब बढाउनुका साथै सम्बन्ध सुमधुर गर्न मद्दत पु¥याउने बताए ।

शुभकामना मन्तव्य दिदै तुलाचनले आफु बाल्यकाल देखी नै अझ सम्म पनि खेलकुदसँग नजिक रहेको बताए । साथै उनले खृलकुद स्वस्थ्व रहनका लागी पनि आवश्यक रहेको बताउदै भेट्रान फुटबल प्रतियोगिताको आयोजना गरी फोर्टी प्लसका भूपू खेलाडीहरुको लागी छुट्टै अबसर दिएकोले समेत बगर भाई खलकको छबि बेग्लै भएको बताए । उनले सो कार्यक्रममा बगर भाई खलकका लागी सहयोग स्वरुप नगद रु ५०,०० समेत प्रदान गरेका थिए ।देउसी भैलो तथा सास्कृतिक कार्यक्रममा शितलदेबी युवा क्लब तथा हिमाली सास्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने लेकाली ब्याण्ड, चर्चित गायक भाई गुरुङ, प्रकाश राना, गायक एबम संगितकार अमर पोखरेली लगायतले कार्यक्रमको माहौललाई संगितमय बनाएका थिए ।

पोखराको दिप स्थीत रहेको दिप गार्देन रेष्टुरेण्ट एण्ड बारमा आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका भुपू क्याप्टेन अनिल गुरुङ, बगर भाई खलक युकेका संयोजक कमल गुरुङ, सदस्य हितकाजी गुरुङ, सदस्य तथा एन. आर. एन युकेका अध्यक्ष मुक्षेत्र गुरुङ, हङकङका युवा समाजसेवी एवम बगर भाईखलकका शुभचिन्तक मिक्की गुरुङ (सरोज), हङकङका प्रसिद्ध होटल ब्यबसायी अशोक श्रेष्ठ लगायत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न देउसी भैलो तथा सास्कृतिक कार्यक्रम सञ्चालन क्लबका महासचिब याम बहादुर गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...