बाबाको कार्यक्रममा भद्रगोलको टोली पोखरामा

पोखरा, ४ जेठ /प्लस टु सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी लक्षित गरी बावा एजुकेसन कन्सल्टेन्सीले पोखरामा ‘बावा इन्फोसेसन–२०१८’ गर्ने भएको छ । पोखरामा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार सो कार्यक्रम कन्सल्टेन्सीको चिप्लेढुगांस्थित कार्यालयमा जेठ ६ मा हुनेछ ।

कार्यक्रममा भद्रगोल यूनिटका चर्चित कलाकारको प्रस्तुती समेत रहनेछ । कम्पनीका ब्राण्ड एम्बेसडर कुमार कट्टेल अर्थात हास्य सिरियल भद्रगोलका जिग्री, अर्जुन घिमिरे पाँडे र बाउन डन अशोक धिताल आज पोखरा आइसकेका छन् । बाबा इन्फो–सेसनमा अस्टे«लियाका १ दर्जन भन्दा बढी कलेजका प्रतिनिधिसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा कलेजबारे जानकारी लिन सक्नेछन् । अष्ट्रेलियामा आवश्यक आवश्यक डकुमेन्ट तयारी, कलेज छनोटबारे समेत जानकारी दिइने कम्पनीका अष्ट्रेलियास्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत रवीन्द्रकुमार शर्माले बताए ।

अष्ट्रेलिया जाने विद्यार्थीका लागि त्यहाँको कलेज वातावरण, कामको प्रकृति लगायतबारे जानकारी दिइने बावा एजुकेसन कन्सल्टेन्सी अस्टे«लियाका मार्केटिङ म्यानेजर अमृत शर्माले बताए । कन्सल्टेन्सीले वर्षमा करिब ५ सय भन्दा बढी नेपाली विद्यार्थीलाई अष्ट्रेलिया पठाउँदैआएको शर्माले जनाए ।

कन्सल्टेन्सीले काठमाडौं र भक्तपुरमा यसअघि नै बाबा इन्फो–सेसन गरी विद्यार्थी र अभिभावकलाई कलेजबारेमा जानकारी दिइसकेको छ । यस क्षेत्रबाट अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई पोखरामै परामर्शको व्यवस्था गरिएको पोखरा शाखा प्रमुख सुजन बस्नेतले जानकारी बताए ।

पछिल्लो समय नेपालबाट अष्टे«लियामा अध्ययनका लागि जाने विद्यार्थीको आकर्षण समेत बढ्दो छ । अष्टे«लियामा अध्ययनका लागि वार्षिक करिब ५ हजार विद्यार्थी जाने गरेको तथ्यांक छ ।

कमेन्टहरु
Loading...