न्यू दिल्लीको अटो एक्स्पोमा पोखरेली अटो व्यवसायी

माघ २१, पोखरा/भारतको न्यू दिल्लीको प्रगति मैदानमा सुरु हुने १२औं अटो एक्स्पोमा सहभागी हुन पोखराका अटो व्यवसायी त्यसतर्फ जाने भएका छन् । पश्चिमाञ्चल अटोमोबाइल डिलर्श एशोसिएसनको नेतृत्वमा २६ सदस्यीय टोली बुधबार न्यू दिल्ली प्रस्तान गर्ने एशोसिएसनका महासचिव तथा कार्यक्रम संयोजक मोहनबावु खड्काले जानकारी दिए । दिल्लीमा फरवरी ६ देखि १२ तारिकसम्म अटो एक्स्पो हुँदैछ ।

टोलीमा एशोसिएसनका अध्यक्ष ध्रुव थापा, उपाध्यक्ष माधवप्रसाद पौडेल, महासचिव मोहनबावु खड्का, कोषाध्यक्ष चन्द्रबहादुर कुँवर, निवर्तमान अध्यक्ष शम्भु श्रेष्ठ, सदस्यहरु किसान वुद्धाचार्य, राघव सिल्वाल, गोकर्ण कार्की, सल्लाहकारहरु विश्वबन्धु थापा, राजेन्द्रकुँवर बाटाजु, वसन्त प्रधान, साधरण सदस्य इच्छामान बुद्धाचार्य, दिपेन्द्र कोइराला लगायत रहेका छन् । टोलीले अटो एक्पोमा सहभागिता जनाउनुका साथै भारतका आग्रह र जयपुर लगायतका शहरहरुको अवलोकनसमेत गर्ने भएको छ । भारतको अटो व्यवसायको अध्ययन गर्न भ्रमण फलदायी हुने बताइएको छ ।

कमेन्टहरु
Loading...