Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा

0

पोखरा, २९ बैशाख/ पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आएको छ । अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज सञ्चालनमा आएको हो । सञ्चालनको अवसरमा नविन के भट्टराई र डिजे रुकेनले विषेश प्रस्तुती दिएका थिए ।

विदेशी विभिन्न अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगँको नयाँ भवनमा बार सञ्चालनमा आएको हो । स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरि बार सञ्चालनमा ल्याएको लाउन्जका सञ्चालक नरेश भट्टराईले बताए ।

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज

‘हामी नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा ल्याएका छौ,’ उनले भने ‘जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ उनले यस्तो प्रविधिको साउण्ड सिस्टम काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग भएको बताए ।

१० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्ण रुपमा साउण्ड पुफ् बार हो । १ सय जना सिट क्षेमताको लाउन्जमा हरेक दिन लाइभ ब्राण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुने उनले बताए । विभिन्न समयमा विदेशी कलाकार र डिजेलको समेत प्रस्तुती हने भट्टराईले बताए ।

‘पोखरामा अन्तराष्ट्रि विमानस्थल बन्दै छ,’ उनले भने ‘त्यसैलाई ख्लल गरेर लाउन्ज सञ्चालनमा ल्याएका हौ ।’ उनले मुल्यमा पोखराका अन्य बार जस्तै भएपछि गुणस्तरीतामा आगाडी भएको दावी गरे ।

 

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु