अर्थमन्त्री खतिवडाले भने कर तिर्न अँध्यारो कोठातिर नजानु

पोखरा, ५ असोज / अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिश्पर्धा नगर्ने बताएका छन् । उनले

लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साह गर्ने तर प्रतिश्पर्धा नगर्ने बताए । पोखरा उद्योग बाणिज्य संघको ३२ औं

अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सरकार निजी क्षेत्रसँग प्रतिश्पर्धा नगर्ने बताउदै प्रोत्साहन गर्ने बताए ।

मन्त्री खतिवडाले चालू बर्षभित्रै ८ प्रतिशत आर्थिक बृद्धी हासिल गर्ने लक्ष्य रहेको भन्दै निजी क्षेत्रकै लगानी,

उद्यमशिलता र उत्पादन गर्ने क्षमतालाई हेरेर नीति तथा कार्यक्रम तय गरेको बताए । उनले देशको समृद्धीका

लागि कर अति आवश्यक भएपनि पछिल्ला समय करका बारेमा धेरै टिका टिप्पणी भैरहेको बताए । उनले

सरकारले २५ बर्षमा खासै कर नीति परिवर्तन नगरेको बताउदै सुधारको नाममा बरु सजिलो बनाउँदै लगेको

बताए ।

उनले प्रदेश र स्थानीय तहको लगानी बढाउन कर प्रणालीमा नयाँ काम गर्नुपर्ने भन्दै तल्ला तहमा प्रदत्त

अधिकारको सीमाभित्र रहेर लगानी अनुकुल वातावरण बनाउन सरकार लागिरहेको जानकारी दिए । मन्त्री

खतिवडाले ६ महिनाभित्रै लगानीसम्बन्धी सबै कानुन तयार गरेर लगानी सम्मेलन गर्ने तयारीमा सरकार लागि

परेको बताए ।

उनले निस्किृय भैसकेका पूराना कानुनलाई खारेज गर्ने र केही संशोधनको लागी पनि छलफल चलिरहेको बताए ।

उनले व्यवसायीलाई उज्यालो पाएपछि उज्यालोमै कारोबार गर्न अनुरोध गरे । छंग उज्यालो भएपछि छामछाम

छुमछुम त गर्नै परेन, उनी भन्छने–कर प्रशासन साथीहरुले पनि उज्यालोमै कर असुल गर्न निर्देशन दिए ।

कमेन्टहरु
Loading...