कैलाश बिकास बैंकद्धारा कम्प्यूटर तथा फोटोकपी मेसिन सहयोग

पोखरा, २२ फागुन/कैलाश विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० घान्दु्रकमा मेश्रम वराह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तराण गरेको छ ।

पूर्व प्राथमिक देखि कक्षा १२ सम्म संचालित उक्त सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् । शिक्षक, बिद्यार्थी तथा अभिबावकहरुको उपस्थिति रहेको कार्यक्रममा बिद्यालयका सहायक प्रध्यानध्यापक पूर्ण गुरुङले स्वागत गरेका थिए ।

बैंकको तर्फबाट बुद्धिराज बरालले सूचना प्रविधिको बर्तमान युगमा कम्प्यूटर तथा फोटोकपी मेसिनले विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग मिल्ने तथा विद्यार्थीहरुमा सूचना प्रविधिको पहुंच पु¥याउन सहयोग पूग्ने बताए । बिद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगत बहादुर गुरुङले यस सहयोगबाट बिद्यालय तथा बिद्यार्थीहरुलाई ठुलो हौसला मिलेको बताए ।

बैंकको हालसम्म शाखा संख्या ८९ पुगेका छन् भने एटिएम संख्या ३५ पुगेका छन् । निकट भविष्यमा देशका बभिन्न ८ ठाँउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदानगर्दै आईरहेको प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...