फेवा बजारको शाखा काठमाडौंमा पनि खुल्दै

पोखरा, ६ असोज / पोखरामा मुख्य कार्यालय रहेको अनलाइन सपिङ स्टोर फेवाबजार डटकम (fewabajar.com) ई–कमर्सले काठमाडौंमापनि सेवा बिस्तार गर्ने भएको छ । फेवा बजार डटकमले असोज १२ गतेदेखि काठमाडौंमा सेवा बिस्तार गर्न लागेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अपार सफलतापछि देशकै राजधानी काठमाडौंमा सेवा बिस्तार गर्न लागेको फेवाबजार डटकम ई–कमर्सका अध्यक्ष सुजन आचार्यले जानकारी दिए । पोखरामा मुख्य कार्यालय रहेको फेवा बजारको काठमाडौंमा भने शाखा कार्यालय रहने उनले बताए ।

फेवा बजारले यसअघी पोखराको केआइसिंहपुल, लेखनाथ, बागलुङ, म्याग्दीको बेनी, तनहुँको दुलेगौंडा, भीमाद, डुम्रे, आँबुखैरेनीलगायतका १२ ठाउँमा आउटलेट र ५० वटा डिलर स्थापना गरिसकेको छ ।

फेवा बजारले प्रत्येक महिनाको ५ गतेदेखि १७ गतेसम्म एक्सक्लुसिभ अफर अन्तर्गत ५० प्रतिशतसम्म छुट स्किम ल्याउने गर्दछ । त्यस्तै ईएमआई मासिक किस्ताबन्दीमा २० हजारदेखि ५ लाखसम्मका सामानहरुपनि उपलब्ध गराउने गर्दछ । यो महिना फेवा बजारले बडादशैं र तिहारको अवसरमा डेढ महिनाका लागि असोज ५ गतेदेखि कात्तिक १७ गतेसम्मका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

फेवा बजारले बडादशैं र तिहारको अवसरमा टिभीमा ४० प्रतिशत, फ्रिजमा २० प्रतिशत, वासिङ मेसिनमा २० प्रतिशत, एसीमा १० प्रतिशत, किचन आइटममा १२ प्रतिशत, सिसी टिभी क्यामरामा १५ प्रतिशत, डिएसएलआर क्यामरामा ईएमआईबाट लिदा १० प्रतिशत तथा ल्यापटपमा ५ प्रतिशतसम्म छुट दिने फेवा बजार डटकमका अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।

उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले फेवाबजार डटकमले पोखरा १६ द्वीपमा कार्यालय राखेर सेवा सुरु गर्दै आएको छ । यस बजारले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसनलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउने गर्दछ । साथै फेवा बजारले बिना धितो इएमआईबाट मासिक किस्ताबन्दीमा २० हजारदेखी ५ लाख सम्मका सामान बिक्री गर्दै आएको छ ।

कमेन्टहरु
Loading...