पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’

पोखरा, २७ भदौ / पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्टिच्युट’ सञ्चालनमा आएको छ ।

पोखरामा आज एक कार्यक्रमका बीच इन्स्टिच्युटको पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै अधिकारीले हस्पिटालिटी क्षेत्रमा धेरै रोजगारीको अवसरहरु रहेकाले इन्स्टिच्युट समयका माग अनुसार सञ्चालनमा आएको धारणा राखे । ‘दक्ष जनशक्ति उत्पादनका लागि इन्स्टिच्युटको महत्वपूर्ण भूमिका रहने वताए ।

पोखरा क्षेत्रमा लामो समयदेखि तारे होटल तथा पर्यटन क्षेत्रमा काम गरेका व्यक्तिहरुको संयुक्त लगानीमा इन्स्टिच्युट सञ्चालनमा आएको प्रवन्ध निर्देशक राजकुमार केसीले जानकारी दिए ।

इन्स्टिच्युटमा केसीसहित पदम न्यौपाने, सुरेश पौडेल, कुश थापा, कमल गिरी र काशिराम महतोको लगानी छ ।

होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रको व्यवस्थापनमा आउन चाहने व्यक्तिहरुलाई लक्षित गर्दै तालिम प्रदायक संस्था सञ्चालनमा आएको केसीले बताए । कुकिङ, फ्रन्ट अफिस, वेटर, हाउस किपिङका साथै विविध भाषाका तालिमहरु इन्स्टिच्युटबाट प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरामा नयाँ होटल तथा रेष्टुरेन्टहरु थपिने क्रम बढिरहेकाले यसप्रकारको तालिम प्रदायक संस्थाहरु आवश्यक रहेको धारणा राखे । ‘सिप भएकाहरुका लागि पर्यटन क्षेत्रमा रोजगारीका प्रशस्त अवसर छन्,’ उनले भने ।

दक्ष एवं अनुभवी प्रशिक्षकद्वारा तालिम प्रदान गरिने सञ्चालक केसीले बताए । ‘कार्यगत तालिमको लागि पोखराका प्रसिद्ध होटल तथा रेष्टुरेण्टहरुमा ब्यवस्था गरिने छ,’ उनले भने ।

कमेन्टहरु
Loading...