पोखरामा महिन्द्राको मराजो गाडीको बिक्री शुरु

पोखरा, १२ भदौ / महिन्द्रा ब्राण्डको मराजो गाडीको आजदेखी पोखरामा बिक्री शुरु गरेको छ ।
महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेड प्रालिले भित्राएको सो गाडीको गण्डकी धौलागिरीको वितरक बतास ब्रदर्श प्रालिले यस क्षेत्रमा बिक्री वितरण शुरु गरेको हो ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल र प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले संयुक्त रुपमा गाडीको शुभारम्भ गरेका थिए । मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल सात र आठ सिट अप्सनमा बजारमा उपलव्ध रहेको बतास ब्रदर्श प्रालिका प्रवन्धक पुष्पराज बरालले बताए ।

मराजोका सबै भेरियन्टमा एबीएस र इबीडी तथा ब्रेक असिष्ट, स्टाण्डर्ड रुपमा दुईवटा एयरब्याग तथा बच्चाहरुको सिट लगायतका सुरक्षा विशेषताहरु रहेको बरालले जानकारी दिए ।  मराजो एम ६ को मुल्य रु ५८ लाख २० हजार र एम ८ को मुल्य रु ६४ लाख ३० हजार रहेको छ ।

कारको केही भागहरु शिकारी सार्क माछाको डिजाइनबाट प्ररित गरी निर्माण गरिएको र गाडीको क्याविनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम जडान गरिएको बताइन्छ ।

कारमा थ्रीस्पोक स्टेयरिङ ह्वील, अडियो, ब्लुटुथ तथा क्रुज कन्ट्रोलको सुविधाले गर्दा अधिकाँसको रोजाईनमा पर्ने अग्नी इन्कर्पोरेटेड प्रालिका एक्जुकेटिभ सिनियर म्यानेजर रामेश्वर महर्जनले जानकारी दिए ।

महिन्द्रा शोरुम नयाँबजार र बुद्धचोकमा शुक्रबारबाट टेष्ट राइडको सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बिक्री शुभारम्भको अवसरमा एक हप्ताको लागि रु एक लाख छुटको सुविधा प्रदान गरेको विक्री प्रवन्धक बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...