पोखरामा एचपीको कर्पोरेट र रिसेलर मिट, दशै तिहारमा विशेष छुट

पोखरा, २६ भदौ / पोखरामा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले बुधबार ‘एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९’ सम्पन्न गरेको छ । कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत उत्पादन गर्दै आएको एचपी ब्राण्डको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९ आयोजना गरेको हो ।

एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९ मा सहभागी एचपीका एसिया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खान, एचपीका कन्ट्री म्यानेजर इभान वङलगायतलाई बुकी र माला लगाएर स्वागत गरिएको थियो । सो अवसरमा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले खान र इभानलाई ताम्रपत्रले सम्मान पनि गरेको थियो ।

कार्यक्रममा कन्ट्री म्यानेजर इभान वङले एचपीबाट उत्पादित सामग्रीको गुणस्तर र त्यसबाट लिन सकिने फाइदाबारे बताएका थिए । उनले ह्याकरलेसमेत ह्याक गर्न नमिल्नेगरी प्रोटेक्ट गर्न सकिने सामग्रीहरु एचपीले उत्पादन गर्दै आएको दाबी गरे । उनले गुणस्तरमा अब्बल भएपनि गुणस्तर अनुसार कम मूल्यमा एचपीका सामानहरु पाइने उल्लेख गरे ।

एचपीका एसिया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खानले नेपाल, भारत, सिंगापुरलगायतका देशहरुमा एचपी ब्राण्ड लोकप्रिय बन्दै गएको बताए । उनले सस्तो र राम्रो सामग्री एचपीले उत्पादन गरेकै कारण यी देशहरुमा एचपी ब्राण्ड स्थापित भएको बताए । कार्यक्रममा केक काट्नुका साथै रमाइलो जमघट गरेर हर्षोल्लास पूर्वक रिसेलर मिट सेलेव्रेसन गरिएको थियो ।

यसैबीच, जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले बडादशैंको अवसरमा सामान खरिदमा स्क्रयाच कुपन योजना ल्याएको जनाएको छ । यो योजना बडादशैं र तिहार लक्षित गरेर यहि भदौ २९ गतेबाट कात्तिक २४ गतेसम्म लागु हुनेछ । कुपन स्क्रयाच गर्दा स्कुटर, ल्यापटप, मोवाइल, चाँदीको सिक्का लगायतका उपहार जित्न सकिने उनले बताए ।

एचपीका लागि पोखरा क्षेत्रका आधिकारिक बिक्रेताहरु हिमालयन कम्प्युटरका सञ्चालक जगनबहादुर गुरुङ, पाण्डे कम्प्युटरका सञ्चालक गुणानिधी पाण्डे र कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोत्तम कुँवरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...